Light Nepal

धुर्मुस सुन्तलीलाई प्रचण्डको ब्यग्य : ‘चन्दाले मात्र चितवनको क्रिकेट रङ्गशाला बन्दैन’

काठमाडौं, २९ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चन्दाले मात्र चितवनमा निर्माण हुन लागेको क्रिकेट रंगशाला पुरा नहुने बताएका छन् । उनले सरकारले यसलाई प्राथमिकतामा राखेर सम्पन्न गर्ने बताएका हुन् । भरतपुर महानगरपालिका–१६ मा बन्न लागेको क्रिकेट रंगशाला देशकै गौरवको आयोजना भएकाले केही उल्झन, साना–मसिना समस्या आउने बताउँदै सबैसँग सहमति, छलफलबाट टुंगो लगाइने उनको भनाइ थियो ।

‘चितवनमा बन्न लागेका जस्ता रंगशालालाई सरकाले प्रोत्साहन गर्ने नीति लिएको उनको भनाई छ । आवश्यक पर्दा सरकारले सहयोग गर्छ’, उनले भने, ‘चितवनको रंगशाला राष्ट्रिय गौरवकै आयोजनाका रुपमा छ । यो चितवनको लागि मात्रै नभएर देशकै लागि पनि महत्त्वपूर्ण छ । सबै चितवनबासीले यसलाई बनाउन सघाउनुपर्छ ।’ यो रंगशाला बनाउने क्रममा पैसा पुगेन भने सघाउने नीति सरकारले लिएको छ ।

‘चन्दा उठाएर मात्रै पनि रकम पुगेन भने यस्ता आयोजनालाई सरकारले प्रोत्साह गर्नुपर्ने उनले बताए । दाहालले थपे, ‘चन्दाले मात्रै यति ठुलो आयोजना बन्दैन, त्यहीकारण यो वर्षका नीति तथा कार्यक्रममा एउटा आधार तय गरेका छौँ ।’ रंगशाला निर्माणमा भएको अवरोधलाई उनले ठुलो काममा सानातिना समस्या आउने प्रतिक्रिया दिए । ‘रंगशालामा अहिले भएको अवरोध सानोतिनो कुरा हो । ठुलो काम भएकाले यस्ता समस्या आउनु सामान्य हो । साना साना समस्या चिर्दै रंगशाला निर्माण अघि बढ्छ ।’ धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाईमा चितवनमा रंगशाला निर्माण हुन लागेको हो । सरकारको नेतृत्व आलोपालो नै हुने बताएका छन् । बुधबार चितवन पुगेका अध्यक्ष प्रचण्डले सहमतिअनुरूप आलोपालो हुने प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्