Light Nepal

पोखरामा गोली चल्यो, थप विवरण आउन बाँकी

काठमाडौं, २९ जेठ । पोखराको उत्तमचोकमा बुधवार दिउसो गोली चलेको छ । लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको जनाएको छ ।

लागूऔषध कारोबारी गोविन्द थापा ‘जोन’लाई पक्राउ गर्ने क्रममा गोली चलाउनुपरेको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी दानबहादुर कार्कीका अनुसार प्रहरी टोलीले गोली चलाएर थापालाई पक्राउ गर्न सफल भएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्