Light Nepal

आफैले शरिर कोपरेर खान्छिन्, दाँत पनि उखलेर फालिन् : आमाबुवाले बेवास्ता गरेपछि हजुरवुवा ६ वर्षकी नातिनी बोकेर काठमाडौंमा भौतारिदै (भिडियो हेर्नुस्)

काठमाडौं, २९ जेठ । ६ वर्षकी छोरीको अवस्था देखेर उनका अभिभावक निकै चिन्तित छन् । छोरीको हातका औंला पुरा छैनन्, जिब्रोको आधि भाग छैन । बच्चीको नाक पनि काटिएको छ । यस्तो दर्दनाक अवस्थामा बाँचीरहेकी बालिकालाई हजुरवुवाले उपचारका लागि काठमाडौं लिएर आएका छन् ।

बालिकाको फुपु र हजुरवुवाले उनको हेरचाह गरिहरेका छन् । आँखा पनि स्वभाविक छैनन् । संसार हेर्ने आँखाको उपचारका लागि उनलाई काठमाडौं ल्याइएको हो । लमजुगं आँचलवोटका दिलवहादुर रामदाम ६ वर्षकी नातिनी बोकेर काठमाडौंमा भौतारिएका छन् । नातिनीलाई सहज जिवन दिन सकिन्छ की भन्ने उनको चाहना
हो । छोरीको यस्तो अवस्पथा हुँदा पनि जन्मदिएका बुवाआमाले वास्ता नगरेका कारण हजुरवुलाले उपचारका लागि काठमाडौं आफुले ल्याउनु परेको बताए । बुवाआमाले वास्ता नगरेका कारण हजुरवुवाले नै पालनपोषण गर्दै आएका छन् । अर्को छोरी जन्मिएका कारण अपागं छोरीलाई अपहेलना गरेको हजुरवुवाले
बताए ।

जन्मिएको ६ महिनामा खाना पकाउन बालेको आगोमा बालिका परिन् । आगोमा परेका कारण विस्तारै औंलामा घाउ हुन थाल्यो, त्यसपछि आँखामा पनि बादल लाग्न थाल्यो । तत्काल स्थानिय अस्पतालमा उपचारका लागि लैजादा तत्काल अप्रेशन पनि गर्न नमिल्ने अरु औषधी उपचार पनि गर्न नमिल्ने भएपछि बालिकाको अवस्था झन दर्दनाक हुँदै गयो । उपचारका लागि आर्थिक अभाव भएपछि छटपटिएर बसेका हजुरवुवालाई एक जना युट्युवरले देखे ।

उनको बालिकाको अवस्थाका बारेमा भिडियो रिपोर्ट तयार पारे । उनै युट्युवरको सल्लाह पछि उनी सहयोग जुटाउन सकिने र उपचार पनि सम्भव हुन्छकी भन्ने आशा बोकेर काठमाडौं आएको बताएका छन् । बालिकालाई चिकित्सकलाई देखाउन लैजाँदा आँखाको शल्यकृया गर्न सकिने र त्यसका लागि ठूलो रकम आवश्यक पर्ने भएपछि अहिले उनी आर्थिक सहयोगको अपेक्षामा छन् । छोरीको जिवन सहज बनाउन सबैलाई सहयोग गर्न उनले भिडियो मार्फत अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्