Light Nepal

पुण्यतिथीमा प्रियंकाले आफ्नो बुवालाई सम्झेर भावुक भएपछि ससुराले देखाए यस्तो माया

एजेन्सी । सोमबार बलिउड नायिका प्रियंका चोपडाका पिता अशोक चोपडाको छैटौं पुण्यतिथी थियो । उनी बुवालाई सम्झेर भावुक बनिन् । बुवालाई गुमाउनुपर्दाको ६ वर्षको पीडा उनले समाजिक सञ्जालमा लेखिन् । बुवालाई स्मरण गर्दै उनले इन्स्टाग्रामा एउटा भावुक पोष्ट गरेकी थिइन् । उक्त पोष्टमा उनका ससुरा पल केविनले उनलाई सान्त्वना दिँदै मायालु मेसेज लेखेका छन् ।

प्रियंकाले आफ्नो पिताको पुण्यतिथीमा एउटा पुरानो तस्बिर सेयर गर्दै पितालाई याद गरेकी थिइन् । फोटोसँग उनले क्याप्सनमा लेखिन्, ‘६ वर्ष बित्यो । तर यस्तो लाग्छ कि हामीले हिजो मात्रै तपाईंलाई गुमाएका थियौं । मलाई तपाईंको निक्कै याद आउँछ ड्याड ।’ उनको यस्तो भावुक स्टाटस देखेका उनका ससुराले पनि बुहारी प्रति माया खन्याएका छन् ।

यो पोस्टमा उनका ससुरा पलले लेखे, ‘हाम्रो प्रेम तिमीसँग छ, मेरी प्यारी बुहारी । तिम्रो बुवाको स्थान कसैले पनि ओगट्न सक्दैन । तर यहाँ हामी तिम्रो मन नजिक
छौं । हाम्रो प्रेम र समर्थन तिमीसँग छ ।’

उनको सो पोष्टमा ससुराले मात्र होइन उनका पनि निक जोनले पनि प्रतिकृया दिएका छन् । प्रियंकाको यो पोस्टमा उनका श्रीमान् निक जोनले पनि कमेन्ट गर्दै हार्ट इमोजी पठाए ।

प्रतिक्रिया दिनुहोस्