Light Nepal

प्रधानमन्त्री ओलीले आलोपालो प्रधानमन्त्री बन्नेबारे गरे यस्तो खुलासा

काठमाडौं, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र पुष्पकमल दाहाल प्रचण्डबीच आलोपालो सरकार चलाउने विषयमा सहमति भइसकेको खुलासा गरेका छन् ।

सोमबार साँझ बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी एकताकै समयमा सहमति भइसकेको विषयलाई धेरै नउचाल्न समेत नेताहरुलाई आग्रह गरेका छन् । उपप्रधानमन्त्री तथा नेकपाका नेता इश्वर पोखरेलले प्रधानमन्त्री र पार्टी अध्यक्ष एउटै ब्यक्ति हुनुपर्ने र पुरै कार्यकताल ओली नै प्रधानमन्त्री हुनुपर्ने राय सार्वजनिक गरेकै बेला प्रधानमन्त्रीको यस्तो खुलासा आएको हो ।

उनले भने, ‘एकीकृत पार्टी बनिसकेको अवस्थामा सबै कुरा पार्टीको निर्णय अनुसार हुन्छ । यसअघि नै सहमति भइसकेको छ । यस विषयमा धेरै बोलिहरनुपर्र्दैन ।’

सोमबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री पदका लागि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीच आलोपालोबारे पार्टीभित्र छलफल नभएको बताएका थिए । पोखरेलले पार्टीका दुई अध्यक्षबीच आधा–आधा कार्यकाल प्रधानमन्त्री बन्ने भन्ने कुरा पार्टीभित्र औपचारिक ढंगमा छलफल नभएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्