Light Nepal

भारतीय क्रिकेटर युवराज सिंहले लिए संन्यास, भावुक हुँदै यसो भन्दा कसैले मन थाम्न सकेनन्

नयाँदिल्ली । भारतीय क्रिकेट इतिहासमा स्वर्णिम नाम लेखाउँदै क्रिकेटर युवराज सिंहले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएका छन् । मुम्बइस्थित एक होटलमा पत्रकार सम्मेलन गरेर उनले खेलवाट सन्यास लिएको घोषणा गरेका हुन् । ३७ वर्षीय सिंहको यो घोषणासंगै जुन ३० मा वेस्ट इन्डिजविरुद्धको उनको वानडे म्याच नै अन्तिम खेल बन्यो । क्यान्सर रोगको सामना गरिरहेका युवराज पछिल्लो दुई वर्षयता क्रिकेटमा सक्रिय थिएनन् ।

खेलबाट संन्यास लिइरहँदा युवराजले आफ्नो करिअरमै बनाएका तीन उपलब्धिको बारेमा भारतीय मिडियाले अहिले चर्चा गर्न थालेका छन् । २०११ मा विश्वकप जिताउनु, २००७ टी–ट्वान्टी वल्र्डकपमा इंग्ल्यान्डविरुद्ध एक ओभरमा ६ छक्का प्रहार गर्नु साथै २००४ मा लाहोरमा उनले बनाएको पहिलो टेस्ट सेन्चुरी उनको खेल इतिहासकै महत्वपूर्ण उपलब्धि रहे ।

संन्यास घोषणा गरिरहँदा युवराजले भावुक हुँदै भनेका छन्, ‘म बाल्यकालदेखि नै बावुको मार्गदर्शन अनुसार चलेँ । साथै देशको लागि खेल्ने उनको सपनालाई सधैँ पछ्याइरहेँ । र मैले सधैँ साथीभाइ र परिवारबाट समर्थन पाइरहेँ । २०११ को वल्र्डकप जिताउनु, म्यान अफद सिरिज पाउनु मेरो लागि सपना जस्तै थियो । यसपछि नै मलाई क्यान्सर भयो । जुन आकासबाट जमिनमा खस्नु जस्तै थियो । तर यस बेला मेरो परिवार र साथी मसँगै थिए ।’

युवराजले भनेका छन्, ‘एक क्रिकेटरको रुपमा यात्रा तय गरिरहँदा मैले भारतको लागि खेलौँला भनेर सोचेकै थिइन । लाहोरमा २००४ मा मैले पहिलो शतक लगाएँ । टी–ट्वान्टीमा ६ ओभरमा ६ छक्का हान्नु पनि मेरो लागि यादगार भयो ।’
बिबिसि हिन्दी

प्रतिक्रिया दिनुहोस्