Light Nepal

रंगशाला निर्माणमा अवरोध भएपछि धुर्मुस सुन्तलीका विषयमा बन्यो यस्तो मार्मिक गीत (भिडियो हेर्नुस्)

काठमाडौं, २३ जेठ । सितराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को पहलमा चितवनमा निर्माण हुन लागेको अन्तराष्ट्रिय क्रिकेट मैदानमा विवाद आएपछि त्यस विषयमा मार्मीक गित तयार भएको छ । धुर्मुस र सुन्तलीका विषयमा तयार पारिएको गीत सार्वजनिक भएको हो ।

चितवनमा बन्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगाशाला निर्माणमा स्थानियले विरोध जनाएर केही दिन अघि तारवार भत्काइदिएका थिए । त्यसपछि अहिले निर्माणको काम रोकिएको छ । स्थानियसंगको सहमति पछि भत्काइएको तारवार फेरी उठाइएको भएपनि विप्लव नेतृत्वको समुहले रंगशाला बनाउन नदिने भन्दै विज्ञप्ती जारी गरे पछि थप अन्यौल बढेको हो ।

केही दिनअघि रंगाशाला निर्माणका लागि लगाइएको बार भत्काएपछि त्यसको चौतर्फी विरोध भएको थियो। रंगाशाला निर्माणमा आएको अवरोधले धुर्मुस सुन्तली जस्ता सामाजिक अभियान्तालाई अफ्ठ्यारोमा पारेको भन्दै गीत बनाइएको हो।

धुर्मस सुन्तलीको साथमा रवि लामिछाने, रमेश प्रसाईँजस्ता सामाजिक अभियन्ताहरुको बारेमा मार्मिक ढंगले गीत तयार पारिएको छ।

दिपेन्द्र डाँगीको शब्द, संगीत तथा स्वरमा रहेको गीतमा देश निर्माण तथा सामाजिक काम जस्तो पवित्र काममा कसैले पनि अवरोध नगर्न अनुरोध गरिएको छ। डिजिटल लाइभ नेपालबाट सार्वजनिक गरिएको म्युजिक भिडियोको निर्देशन हरि डिले गरेका हुन् भने राजेश विसीको कोरियोग्राफी रहेको छ।

प्रतिक्रिया दिनुहोस्