Light Nepal

इटहरीका मेयरको फेरी आयो कडा जवाफ: ‘भ्रष्टलाई सडकमै पुर्‍याउँछु, पार्टीले कारबाही गरे बारी खनेर खान्छु’ (भिडियो हेर्नुस्)

काठमाडौं । पछिल्लो समय विवादित बनेका स्थानीय सरकारका जनप्रतिनिधिमध्ये अग्रस्थानमा द्वारिकलालको नाम आइरहेको छ। पछिल्लो समय पत्रकारलाई लोपार्नेदेखि नाकको डाँडी भाँच्न एक करोड विनियोजन गरेको धम्की दिएपछि चौधरी विवादको भूमरिमा परेका छन्। विवादै विवादमा फसेका उनै द्वारिकलाल चौधरीसँग प्रदेश(१ बाट थाहाकर्मी विदुर कटुवालले गरेको कुराकानीको सम्पादित अंश

तपाईंले पत्रकारलाई आक्रमण गरिरहनुभएको छ नि ?
पत्रकारहरू पनि स्वार्थी नेताहरूको इशारामा बैठक गरेर, मलाई बदनाम गर्ने गरी कलम चलाउँदै आएका छन्। पीत पत्रकारिता गरेका छन्। त्यस्तो पत्रकारिता गर्नेलाई मैले चाटुकारिता, पीत पत्रकारिता भनेर कमेन्ट गरेँ। अनि त्यसपछि मलाई फोन गरेर गाली गरियो। मैले भनेँ, मैले बुझिसकेको छु, कसको इशारामा, कसको हन्डी खाएर चाटुकारिता र पत्रकारिता गर्दैछौ। एकजना रहेछ, रामप्रसाद चौलागाईं। खानेपानीमा १८ वर्षदेखि छन्। के स्वार्थ छ, खानेपानीमारु अमेरिकाको राष्ट्रपति दुई कार्यकाल ८ वर्षभन्दा बढी राष्ट्रपति हुँदैन। त्यत्रो पावर इन्जोय गर्छ, खानेपानीमा के छरु पाइप विछ्याउँदा कमिसन, ट्यांकी बनाउँदा र जग्गा खरिद गर्दा पनि कमिसन खान्छन्। त्यही पैसा खुवाएर पत्रकारलाई अर्कोपटक मेयर बन्ने सपना देख्दैछन्। मलाई अनेकौं लञ्छना लगाउने ?

पत्रकारको नाकको डाँडी भाँच्न एक करोड विनियोजन गरेको छु भन्दा इटहरी नगरपालिकाको इज्जत बढ्यो त ?
इटहरीमा त मैले भनेको मात्रै हुँ, हजुर। विरानगरमा त भाँचिसकेका छन्। मैले भनेको मात्रै छु तर भाँचेको त छैन नि।

किन नाकको डाँडी भाँच्न एक करोड विनियोजन गरेको छु भन्नुभएको त ?
मैले विराट अनुपमजीलाई भनेकै हुँ। तिमीले डेढ वर्षदेखि मेरो खेदो गर्दैछौ भनेको हुँ। उनले लेखेका समाचाहरू हेर्नुहोस् न मेरो खेदो मात्रै खनेका छन्।

विराट अनुपमजीले लेखेका समाचारप्रति चित्त नबुझे खण्डन गर्न सकिन्छ, अदालत जान सकिन्छ नि ?
मलाई अदालत जाने फुर्सद छैन। उसले दिनैपिच्छे लेख्छ, म दिनैपिच्छे अदालत जानु ? दिनैपिच्छे छानविन गर्नु ? मलाई फुर्सद छैन।

पत्रकारलाई धम्क्याउँदै बस्दा पार्टीले निष्कासन गर्यो भने के गर्नुहुन्छ ?
पार्टीले निष्कासन गर्यो भनेर म भोकै मर्छु ? खेतबारी छ। त्यही खेतबारी खनेर खान्छु।

प्रतिक्रिया दिनुहोस्