Light Nepal

पत्रकारको नाक भाँच्छु भन्ने इटहरीका मेयरले रवि लामिछानेलाई पनि यसरी थर्काए (भिडियो हेर्नुस)

काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई पनि थर्काएका छन् । पत्रकारलाई नाकको हड्डी भाँच्ने धम्की दिए पछि झन चर्चित भएका मेयर चौधरीलाई सोही विषयमा कुरा गर्न रविले गरेको प्रत्यक्ष टेलिफोन सम्बादमा झन उग्र भएर प्रस्तुत भए । उनले पत्रकारलाई नाकको डाँडी भाँच्छु भनेर दिएको धम्की अडियो अहिले सार्वजनिक भएको छ ।

इटहरीकै पत्रकार विराट अनुपमलाई फोनमा उनले यस्तो धम्की दिएका हुन् । उनले तिम्रो नाकको हड्डी भाँच्न एक करोड रुपैया छुट्याएर राखेको भन्दै धम्की दिएका थिए । उनको सो अभिब्यक्ति भाइरल भएपछि रवि लामिछानेले सिधा कुरा जनतासंग कार्यक्रममा प्रत्यक्ष टेलिफोन सम्पर्क गरेका थिए । सो क्रममा उनले अझ केही पत्रकारलाई तह लगाउने धम्की दिए ।

पित पत्रकारीता गर्ने अझ केही पत्रकार आफ्नो सूचीमा रहेको उनले बताए । भ्रष्टाचारी र पीत पत्रकारीता गर्नेलाई यसैगरी तह लगाउने उनको प्रतिकृया थियो । आफ्नो फेसबुक पोस्टमा ‘चाटुकार पत्रकार’ भनेर कमेन्ट गरेपछि किन यस्तो गरेको भनेर फोन गरेका अनुपमलाई मेयर चौधरीले धम्की दिएका थिए। उनले अनुपमकै स्टाटसमाथि कमेन्ट लेख्दै ‘अब तिम्रो पालो’ लेखेका थिए।

गत जेठ ८ गते मेयर चौधरीले इहटरी उपमहानगरपालिका वडा नम्बर १९ का वडा सचिव मनोज दाहाल र सब इन्जिनियर रामबहादुर खड्कालाई भ्रष्टाचारी भन्दै कुटेका थिए। उक्त घटनापछि कर्मचारीहरुले मेयरविरुद्ध आन्दोलनकै घोषणा गरेका थिए।चौधरीसँग प्रतिक्रिया लिन पुगेका पत्रकारलाई समेत उनले अभद्र ब्यवहार गरेका थिए । उनले पत्रकार कृष्णबहाव भट्टराई र विकल रेग्मीलाई नगरपालिका परिसरमै गालीगलौज गर्दै हप्काएका थिए। सो क्रममा उनले पत्रकार रेग्मीलाई लोपार्दै अभद्र व्यवहार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्