Light Nepal

इटहरीका मेयर चोधरीले दिए फेरी पत्रकारलाई धम्की: ‘तिम्रो नाकको हड्डी भाँच्न एउटा घडेरी र एक करोड रुपैया छुट्याएर राखेको छु’ (भिडियो हेर्नुस)

इटहरी, २१ जेठ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई नाकको हड्डी भाँच्ने धम्की दिएका छन्। उनले धम्की दिएको अडियो अहिले सार्वजनिक भएको छ ।

इटहरीकै पत्रकार विराट अनुपमलाई फोनमा उनले यस्तो धम्की दिएका हुन् । उनले तिम्रो नाकको हड्डी भाँच्न एक करोड रुपैया छुट्याएर राखेको भन्दै धम्की दिएका छन् । त्यस लगत्तै उनले फेरी निम्रो नाकको हड्डी भाँच्न एउटा घडेरी छुट्याएर राखेको छु भन्दै फेरी धम्क्याए ।

आफ्नो फेसबुक पोस्टमा ‘चाटुकार पत्रकार’ भनेर कमेन्ट गरेपछि किन यस्तो गरेको भनेर फोन गरेका अनुपमलाई मेयर चौधरीले धम्की दिएका हुन्। उनले अनुपमकै स्टाटसमाथि कमेन्ट लेख्दै ‘अब तिम्रो पालो’ लेखेका थिए।

फोनमा उनले भनेका छन्, ‘तिमीले केके लेख्न बाँकी राख्या छौ ? तिम्रो नाकको हड्डी भाँच्नलाई एक करोड छुट्याको छु। एउटा घडेरी छुट्याको छु। तेरो नाकको हड्डी भाँच्न मात्रै बाँकी छ,’ उनले भनेका छन्, ‘अब म गुण्डागर्दीमै उत्रिएँ। तेरो नाकको हड्डी भाँचेर मात्रै मलाई सन्तोष हुन्छ भाइ।’

गत जेठ ८ गते मेयर चौधरीले इहटरी उपमहानगरपालिका वडा नम्बर १९ का वडा सचिव मनोज दाहाल र सब इन्जिनियर रामबहादुर खड्कालाई भ्रष्टाचारी भन्दै कुटेका थिए। उक्त घटनापछि कर्मचारीहरुले मेयरविरुद्ध आन्दोलनकै घोषणा गरेका थिए। चौधरीसँग प्रतिक्रिया लिन पुगेका पत्रकारलाई समेत उनले अभद्र ब्यवहार गरेका थिए ।

उनले पत्रकार कृष्णबहाव भट्टराई र विकल रेग्मीलाई नगरपालिका परिसरमै गालीगलौज गर्दै हप्काएका थिए। सो क्रममा उनले पत्रकार रेग्मीलाई लोपार्दै अभद्र व्यवहार गरेका थिए।नेपाललाइभबाट साभार

प्रतिक्रिया दिनुहोस्