Light Nepal

गृहद्वारा २६ प्रमुख जिल्ला अधिकारी हेरफेर

काठमाडौं, २१ जेठ । गृह मन्त्रालयले २६ जिल्लाको प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । त्यस्तै २६ जना सहसचिव र उपसचिवको सरुवा गरेको हो । गृहले प्रमुख तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा तथा पदस्थापन गरेको हो ।

गृहले मंगलबार रुपन्देही, कपिलवस्तु, गोरखा, सर्लाही, काभ्रे, नुवाकोट, सिरहा, डोटी, उदयपुर, सुनसरी, नवलपरासी (सुस्ता पश्चिम), रुकुमलगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी र निर्देशकहरुको सरुवा तथा पदस्थापन गरेको हो ।

गृहले निकालेको सरुवा सूचीअनुसार रुपन्देहीमा कार्यरत उद्धवबहादुर रानामगरको काभ्रे सरुवा भएको छ। कपिलवस्तुमा कार्यरत अर्जुनप्रसाद पोखरेलको रुपन्देही सरुवा भएको छ।
गोरखामा कार्यरत गजेन्द्रबहादुर श्रेष्ठको कपिलवस्तु, सर्लाहीमा कृष्णबहादुर राउत, नुवाकोटमा द्रोण पोखरेल सरुवा भएका छन्। नुवाकोटमा कार्यरत उद्धवबहादुर थापाको गृह मन्त्रालय, नुवाकोटमा द्रोण पोखरेल, सिरहामा कार्यरत रुद्रप्रसाद पण्डितको तनहुँ, गोपालकुमार अधिकारीको सिरहा, डोटीमा टेकनारायण पौडेल, सिन्धुलीमा जनार्दन गौतम, ध्रुवबहादुर खड्का उदयपुर सरुवा भएका छन्।

उपसचिव (सहायक प्रमुख जिल्ला अधिकारी) हरू रुपन्देहीमा शम्भुप्रसाद रेग्मी, पर्वतमा कल्पना घिमिरे नेपाल, कास्कीका गुरुदत्त ढकाल, गोरखामा देवेन्द्र लामिछानेको सरुवा भएको छ।

प्रतिक्रिया दिनुहोस्