Light Nepal

सलमान खानले यसरी गरे कट्रिना कैफको ‘अपमान’

एजेन्सी । बलिउड नायक सलमान खान र कट्रिना कैफ कुनै बेला एक अर्कालाई निकै प्रेम गर्थे । तर उनीहरुको प्रेम धेरै समय टिक्न सकेन । यतिवेला यो जोडी ‘भारत’को प्रोमोशनमा व्यस्त छन् । प्रोमोशनको सिलसिलामा रियालिटी डान्स शो सुपर डान्सर ३ को सेटमा उनस्हरु पुगेका थिए । उक्त कार्यक्रममा सलमान खानले कट्रिनाको अपमान गरेको भन्दै भारतीय मिडियाले समाचार बनाएका छन् ।

वास्तवमा, कट्रिना कैफले एक कोरियोग्राफरको तारिफ गरिन् जसले उनीसँग ठग्स अफ हिन्दोस्तानका लागि काम गरेकी थिइन् । कोरियोग्राफरले पनि कट्रिनाको कडा मेहनतको तारिफ गरे ।

कट्रिना कैफले ठग्स अफ हिन्दोस्तानको गीत ‘सुरैया’ को एउटा डान्स स्टेपका लागि करिब एक महिनासम्म अभ्यास गरेको कोरियोग्राफरले खुलासा गरे । यता सलमानले एक महिनासम्म अभ्यास गर्नुपर्ने कस्तो डान्स स्टेप हो भनेर भनेर निकै हल्का ढंगले सोधे । उक्त स्टेप घुँडाले टेकेर उफ्रनुपर्ने भएकाले कट्रिनाले सलमानलाई उक्त डान्स स्टेप नगर्न सुझाइन् । स्मरण रहोस्, सलमान खानको घुँडामा समस्या छ ।

डेक्कन क्रोनिकलसको एक रिपोर्ट अनुसार चुनौतीबाट पछि नहट्ने सलमान खान डान्स स्टेप गर्न आफ्नो कुर्सीबाट जुरुक्क उठे । कट्रिनाले उनको हात समातेर त्यसो नगर्न आग्रह गरिन् । तर सलमान कट्रिनाको हात छुटाएर स्टेजतर्फ बढे ।

सलमान खान स्टेजमा पुगेपछि पनि कट्रिनाले पुनः माइकबाट उक्त स्टन्ट उनको घुँडाका लागि ठिक नभएको भन्दै यस्तो नगर्न सल्लाह दिइन् । तर जिद्दी सलमानले उक्त स्टेप गरेर मात्रै आफ्नो कुर्सीमा फर्किए ।

यो देखेर कट्रिनाको अनुहार मलिनो भयो । यसो गरेर सलमानले कट्रिनाको कुराको नजरअन्दाजमात्र गरेनन्, उनले एकैपटकमा निकै कठिन भनिएको उक्त डान्स स्टेप गरेर देखाइदिए ।

सलमानको डान्स एकप्रकारले कट्रिनाको एक महिनाको मेहनतमाथिको अपमान जस्तै भएको धेरैले बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्