Light Nepal

मुटुमा समस्या देखिएपछि मुख्यमन्त्री अस्पताल भर्ना

काठमाडौं २१ जेठ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेल अस्वस्थ्य भएपछि गंगालाल अस्पताल भर्ना भएका छन् । उनको मुटुको भल्बमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । मुख्यमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन् । प्रदेश–३ का मुख्यमन्त्री डोरमणी पौडेलको स्वास्थ्य अवस्था मंगलवार बिहान गंगालाल अस्पताल पुगेका हुन् ।

एनजिओप्लाष्ट गरेर शहीद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आराम गरिरहेका मुख्यमन्त्री पौडेललाई भेटेर प्रधानमन्त्रीले स्वास्थ्य अवस्थाका बारेमा सोधपुछ गरेका थिए । स्वास्थ्यमा समस्या देखिएर आइतबार पौडेलको एनजिओग्राफी गर्दा मुटुको भल्बमा सामान्य समस्या देखिएपछि अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालका मुटुरोग विषेशज्ञ डा. चन्द्रमणि अधिकारीको टोलीले उनको उपचार गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । डा. अधिकारीका अनुसार मुख्यमन्त्रीले एक हप्ता आराम गर्नुपर्ने छ । अस्पताल भर्ना भएसँगै एक हप्ताका लागि मुख्यमन्त्रीको सार्वजनिक कार्यक्रमहरू स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्