Light Nepal

पोखरावाट फर्कदै गरेको टाटासुमो गाडी त्रिशुली नदिमा खस्यो: दुई जनाको घटनास्थलमै मृत्यु, तिन जना नदिमा बेपत्ता

नुवाकोट, २० जेठ । त्रिशूली–रसुवागढी सडकमार्गमा टाटासुमो गाडी त्रिशुली नदिमा खसेको छ । दुर्घटनामा दुई महिलाको घटनास्थलमै मृत्यु भएको छ । गाडी नदिमा खसेका कारण तीन जना नदिमा बेपत्ता भएका छन् । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

घाइते मध्ये चार जनाको अवस्था गम्भिर छ । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी देवर्सि सापकोटाका अनुसार वीरगन्ज–गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडकमार्ग अन्तर्गत रसुवाको गुम्चेतमा सोमवार बेलुकी बा १०च ५८२० नम्बरको टाटासुमो दुर्घटना भएको हो । उनका अनुसार साँझ ६ बजे पोखराबाट नुवाकोटको विदुर हुँदै रसुवाको गोल्जुङ जाँदै गरेको जीप गुम्चेतमा सडकबाट एकसय मिटर तल नदिमा खसेको हो ।

दुर्घटनामा मृत्यु हुनेहरूको पहिचान खुलेको छैन। तीन जना हराइरहेका छन्। मृतक, घाइते तथा हराइरहेकाहरुको पनि पहिचान खुलेको छैन।

घाइते ६ जनाको स्थानीयवासी, जलविद्युत आयोजनामा कार्यरत कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरि उपचारका लागि नुवाकोट जिल्ला अस्पताल पठाएको रसुवा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भाग्येन्द्रपुरुष ढकालले जानकारी दिए।

उनका अनुसार सडकमार्गबाट तल भीरमा खसेर जीप त्रिशूली नदीमा पुगेको छ। शव संकलन जारी रहेको स्थानयवासी सुमन भट्टले जानकारी दिए। गत वर्षदेखि सन्चालित कच्ची सडकमा पहिलोपटक दुर्घटना भएको हो। गाडी रिजर्भ गरेर पोखरा पुगेर फर्कँदै गरेकाहरू दुर्घटनामा परेका हुन्।

प्रतिक्रिया दिनुहोस्