Light Nepal

पशुपति मन्दिरमा ‘कटन क्याण्डि’ बेचेर सर्लाहीमा रहेका आमाबुवा पाल्ने यि हुन् १० वर्षीय बालक विकेन्द्र (भिडियो हेर्नुस)

काठमाडौं, १७ जेठ । पशुपतिनाथ मन्दिरमा भेटिएका यि १० वर्षका बालकले सो क्षेत्रमा कटन क्याण्डि बेचेर घरमा पैसा पठाउने गरेका छन् । पढेर आफ्नो भविष्य बनाउने उमेरमा आर्थिक अभावकै कारण सो अभिलाषा पुरा गर्न नपाएका उनले अहिले आफुले कमाएको पैसा घर समेत पठाउने गरेका छन् । विकेन्दर नाम बताउने सिनामंगलमा बस्ने गरेको बताउँछन् । उनी सर्लाही मलंगवावाट काठमाण्डौं आएको बताउँछन् ।

उनलाई पढ्ने निकै ठुलो धोको छ । तर उनको पढाई खर्च पुर्याउने पैसा नभएपछि उनले त्यो इच्छा पुरा गर्न पाएनन् । सर्लाहीमा रहेको उनको परिवारका सदस्य आमाबुवा दाई दिदी सबै सर्लाहीकै चिम्नीमा काम गर्छन । उनी पनि त्यहाँ चिम्नीमा काम गर्थे । त्यहीको साहुले काठमाडौं लिएर आए । अनि त्यो कटन क्याण्डि बेचेर महिनाको पांच हजार रुपैया तलब पाउँछन् ।

खान लाउने सबै साहुले दिन्छन् अनि पाँच हजार रुपैया तलब दिन्छन् । त्यो पैसा उनले घरमा पठाउँछन् । काठमाडौंमा विहान उठ्दा अरु आफुजस्तै बालबालिका विद्यालय गएको देखेर उनको आँखामा आँशु आउँछ । आफु पनि त्यसैगरी पढ्न पाए हुन्थ्यो भन्ने लाग्छ तर अहिले आफुले कमाएको पैसा समेत आमाबुवालाई सर्लाही पठाउनुपरेको बताए । बाँकी भिडियोमा हेर्नुस्

प्रतिक्रिया दिनुहोस्