Light Nepal

प्रधानमन्त्री ओली र मोदीबीच आज भेटवार्ता

काठमडौं १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज शिष्टाचार भेटवार्ता हुनेभएको छ । भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन विहिवार नयाँ दिल्ली पुगेका ओली र मोदीबीच शुक्रवार भेटवार्ता हुन लागेको हो । प्रधानमन्त्री निवास हैदरावादमा हाउसमा हुने शिष्टाचार भेटवार्तामा नेपाल–भारत सम्बन्धका समग्र आयामका विषयमा छलफल हुने बताइएको छ ।

त्यस क्रममा प्रधानमन्त्री ओलीले भारतका नवनियुक्त प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणासमेत दिने बताइएको छ । नरेन्द्र मोदीले भारतको १५ औं प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् । बिहिबार बेलुका राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति कोविन्दले प्रधानमन्त्री र उनका मन्त्रीमण्डलका ५७ सहयोगीलाई शपथ दिलाए ।

प्रधानमन्त्रीसँग २४ क्याबिनेट मन्त्री, ९ राज्यमन्त्री (स्वतन्त्र प्रभार) र २४ राज्यमन्त्रीले पनि शपथ लिएका छन् । रोचक कुरा के छ भने यसपटक भाजपा अध्यक्ष मन्त्री अमित शाहले पनि क्याबिनेट मन्त्रीको रुपमा शपथ लिए ।

विशेष कुरा के छ भने यसपटक मोदीले पछिल्लो सरकारका लगभग ४० प्रतिशत मन्त्रीलाई मन्त्रीमण्डलमा स्थान दिएका छैनन् । त्यसकारण यसपटक नयाँ अनुहारले मौका पाएका छन् । मोदीले पूर्व विदेश सचिव एस। जयशंकरलाई क्यबिनेटमा स्थान दिएर चकित पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्