Light Nepal

सरकारी कर्मचारीको तलब २० प्रतिशत बढ्यो

काठमाडौं, १५ जेठ । सरकारले कर्मचारीको तलब २० प्रतिशत वृद्धि गरेको छ। बुधबार आर्थिक वर्ष २०७६ ७७ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलब वृद्धि भएको घोषणा गरेका हुन्।

बजेट भाषण अनुसार राजपत्र अनंकित श्रेणी (अधिकृत तल)का कर्मचारीको तलब २० प्रतिशत बढ्ने छ भने राजपत्राङ्कित (अधिकृत र त्यो भन्दा माथि) को तलब १८ प्रतिशतले बढ्ने छ।

पोशाक भत्ता, महंगी भत्ता लगायतका अन्य सुविधा भने यथावत रहने छन्। सरकारी कर्मचारीको तलब यो पटक तीन वर्षपछि वृद्धि भएको हो। शिक्षक, कर्मचारी, सेना, पुलिसलगायत सरकारी तलब खाने सबैको तलब २० प्रतिशतले बढ्ने भएको हो। आर्थिक वर्ष २०५१र२०५२ सालमा तत्कालीन अर्थमन्त्री स्व। भरतमोहन अधिकारीले पहिलो पटक बजेटमा वृद्ध भत्ताको व्यवस्था गरेका थिए। मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा घोषणा भएको वृद्ध भत्ता कार्यक्रम लोकप्रिय भएको थियो। सबैले मनमोहन अधिकारीलाई जनताको प्रधानमन्त्रीको संज्ञा दिएका थिए।

तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्री अधिकारीद्वयले १०० बाट सुरु गरेको वृद्ध भत्तालाई आम नागरिकले कम्युनिस्ट सरकारले दिएको ‘उपहार’का रुपमा लिएका थिए।

तत्कालीन अर्थमन्त्री अधिकारीले ७५ वर्ष उमेर पुगेका वृद्धका लागि मासिक एक सय रुपैयाँ सामाजिक सुरक्षा भत्ताको व्यवस्थ्था गरेका थिए। अहिले भने ७० वर्ष पुगेका वृद्धलाई ३ हजार रुपैयाँ दिने घोषणा भएको छ।

प्रतिक्रिया दिनुहोस्