Light Nepal

कारागारमा रहेका रेशम चौधरी विरामी, श्रीमतीले राखिन यस्तो माग

काठमाडौं, १५ जेठ । टीकापुर काण्डमा दोषी ठहर भई कारागारमा रहेका रेशम चौधरी बिरामी परेका छन् । उनी अहिले डिल्लीबजार सदरखोरमा बन्दी जिवन बिताइरहेका छन् ।

उनको छातीमा इन्फेक्सन भएको राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक अनिलकुमार झाले जानकारी दिएका छन् । संयोजक झा आजै रेशम चौधरीको अवस्था बुझ्न सदरखोर गएको बताएका छन् । राजपा नेपालका नेता समेत रहेका चौधरी केही दिनदेखि अस्वस्थ रहेको बताइएको छ ।
रेशम चौधरीको अवस्थाबारे संयोजक झाले कारागार विभागलाई जानकारी गराएकोमा विभागले उचित उपचार गराउने गराउने प्रतिबद्धता जनाएको छ । यता विभागका महानिर्देशक हरिप्रसाद मैनालीले चौधरीको उपचार भइरहेको जानकारी दिएका छन् । उनले यसअघि पनि अस्पतालबाट जँचाएर ल्याएको बताउँदै अहिले अवस्था सामान्य रहेको जनाए ।

तर, रेशम चौधरीकी श्रीमती रन्जिता (श्रेष्ठ०)चौधरीले उनलाई अस्पताल भर्ना गरेर राख्नुपर्ने माग गरेकी छिन् । कैलालीको टीकापुर घटनाको मुख्य दोषी रहेको भन्दै कैलाली जिल्ला अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको छ । २०७५ फागुन २१ गते कैलाली जिल्ला अदालतमा बहस हुँदा उनीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाइएको थियो । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा एकबालक सहित आठ जनाको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्