Light Nepal

आश्मा खाेज्दै गम्भिर भन्छन ‘कहाँ छौ’ ? हेर्नुस भिडियो सहित

सजल न्यौपानेको स्वर र संगीतमा गीतकार मनिष वशिष्ठको प्रस्तुतीमा ‘कहाँ छौ’ बोलको गीत सार्वजनिक भएको छ ।यसकाे भिडियाे सहित गीत हालै युट्युब मार्फत सार्वजनिक गरिएको हो । मनिष वशिष्ठको शब्द रहेको ‘कहाँ छौ’ बोलको गीतका बि एन निराकार एरेन्जर हुन् ।

सार्वजनिक म्युजिक भिडियोमा गम्भिर बिष्ट र आश्मा गिरीको अभिनय छ । नवराज उप्रेतीले खिचेको भिडियोलाई ओम पौडेलले सम्पादन गरेका हुन् ।

म्युजिक भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका हुन्, भने सहायक निर्देशकमा सुबोल थापा छन् । भिडियोको कन्सेप्ट भने निर्देशक बिष्ट र गीतकार मनिष वशिष्ठको हो ।

हेर्नुस् भिडियो:

प्रतिक्रिया दिनुहोस्