Light Nepal

रोभर मुटको तयारी तिब्र : पोखरामा एकैसाथ ५००० युवा कार्यक्रममा सहभागी हुने स्काउटको दाबी

सुदर्शन बजगाई काठमाडौं । नेपाली विद्यार्थी र युवामाझ लोकप्रिय संस्था नेपाल स्काउटको आयोजनामा पोखरामा जेठ १७ देखि २२ गते सम्म हुने रोभर मुटको तयारी तिब्र भएको नेपाल स्काउटले जनाएको छ । १६-२६ वर्ष उमेर समुहका रोभर र रेन्जरलाई सहभागी गराईने सो कार्यक्रमको तयारी द्रुत गतीमा अघि बढेको नेपाल स्काउटका पुर्व कार्यक्रम आयुक्त राम प्रसाद भट्टराईले आशाका किरण मिडियालाई बताए ।

विभिन्न रास्ट्र र देशका कुना काप्चाका युवालाई एक ठाउँमा भेला गराएर आफ्नो कथा र अनुभव अरुसंग आदान प्रदान गर्ने वातावरण सिर्जना गर्न,राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सम्बन्ध वृद्धि गर्न,युवाहरुलाई मनोरन्जनात्मक र साहासिक गतिविधिमा संलग्न गराई नेतृत्व क्षमता विकास गराउन र समाजमा सकारात्मक सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गरिएको नेपाल स्काउटका तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले आशाका किरण मिडियालाई बताए।

पोखराको लेक साईडमा रहेको कोमेगानी पार्क र बसुन्धारा पार्कमा आयोजना हुने कार्यक्रममा सहभागीले नेट क्रसिङ,बन्जी जम्प,अल्ट्रालाईट फ्लाइट,प्याराग्लाईडिङ,ओमेजा जम्प,टाईर बाल,बोटिङ क्याम्प फाईर र सांस्कृतिक कार्यक्रम आयोजना हुने कार्यलय प्रमुख केशव बोहराले बताए । सहभागीलाई अनलाइन रजिस्ट्रेसन खुल्ला गरिएको स्काउटले बताएको छ । स्मरण रहोस् स्काउट संसारको सबभन्दा बढी सदश्य संख्या रहेको स्वयंसेवी अनौपचारिक शैक्षिक अभियान हो ।

प्रतिक्रिया दिनुहोस्