Light Nepal

कदमा होची गीताको संघर्षशील उच्च विचार, यस्तो छ वास्तविक कहानी (भिडियोसहित)

काठमाडौं, चैत ९ । संसार ठुलो छ, यो ठुलो संसारमा मान्छेहरु कोहि सुखमा लिप्त बनेर बाँचेका छन् भने कोहि दुखको चपेटामा परेर बाँचेजस्तै गरेका छन् । दुख नभएका मान्छे शायद कोहि छैनन् तर कोहि मान्छे यति सम्मका दुखिपनि छन् की जस्को जिवन दुखैले भरिएको छ लाग्छ उसको संसारनै दुख, अभाव र पिडा हो ।

हामी सामान्यतय अलिकती दुख पर्नासाथ ‘म जस्तो दुखि कोहिपनि छैन सोच्छौ’ तर संसारमा यतिसम्मका दुखि छन् की जस्को बच्पन अभाव र तिस्कारमा बित्यो, जस्ले आफ्नै परिवारबाट तिरस्कार भोगिरह्यो, चाहेपनि पढ्न पाएन, अघाउन्जेल खान पाएन । तव सोच्न मन लाग्छ ‘यस्ता दुखका अगाडि त हाम्रा सानातिना दुख केहि होईनन् ।’ यस्तै दुखका बिचमापनि रमाउदै बाँचेकी छिन् स्याङ्जाकी गीता भुसााल, अहिले काठमाडौंमा संघर्ष गर्दै बाँचीरहेकी गीता २४ बर्षकी भईन् ।गीता नाच्छिन् र गीतपनि गाउने गर्छिन ।

सुरुवातका दिनहरुमा निकै दुख, कष्ट र अभाव झेलिएकी गीता अहिले आफ्नो जिविकोपार्जन आफै गर्न सक्ने भएकी छिन् । घरको आर्थिक अवस्था निकै कमजोर भएकै कारण काठमाडौमा रुमलिएकी गीता अहिले काठमाडौंको तारकेश्वर नगरपालिका पैयुटारमा रहेको अपांग सेवा केन्द्रमा बस्दै आएकी छिन् ।

शारिरीक रुपमा अशक्त गीता भन्छिन ‘अरु साधारण मान्छेहरुलाई हिड्डुल गरेको देख्दा आफुलाई पनि यस्तै गरेर हिड्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो’ मन निकै दुखि हुन्थ्यो । तर उनलाई अहिले अशक्त अवस्थामा पनि आफुलाई पाल्न सक्नेरछु भन्ने आभास भैसकेको छ । परिवारदेखि टाढिएर बसीरहेकी गीतालाई आमाबुवाको यादले निकै रुवाउछ ।

उनि धेरै याद गर्छिन परिवारलाई । आमाबुवाको सहमतीमानै काठमाडौं आएकी गीता अहिले काठमाडौंका बिभिन्न स्थानमा आफैले बनाएका ससाना मनी ब्यागहरु, फुलहरु आदि समान बनाएर बेच्ने गर्छिन् । गीताले नेपाली चलचित्रमा पनि अभिनय गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्