Light Nepal

अन्तरवार्ता दिन पुगेकी गायिका कलाले कार्यक्रम संचालकलाई तिम्रो नाक त कति चुच्चो भनेर जिस्क्याए पछि (भिडियो हेर्नुस्)

काठमाडौं, २ माघ । पछिल्लो समय धेरै जसो विदेशमा नै विताउन थालेकी गायीका कला लम्साल तिजको स्पेशल कार्यक्रम गर्न लण्डन गएकी थिइन् । पछि दशैं र तिहार पनि उनको विदेशमा नै बित्यो । तिजको सांगितिक कार्यक्रमका लागि लण्डन गएकी कला भर्खर मात्र नेपाल फर्केकी छन् । उनले धेरै वर्ष भए नेपालका मुख्य पर्व विदेशमा नै मनाउन थालेको ।

पहिला नेपालमै आफन्तहरुसंग चाडवाड मनाइरहेकी कलालाई विदेशमा बस्ने नेपालीहरुको मायाले धेरै तान्यो । उनले विदेशमा बस्ने नेपालीहरु जो चाडवाडमा पनि घर आउन पाउँदैनन् उनीहरुसंग चाडपर्व मनाउन पाउँदा निकै खुसी लागेको बताइन् ।

सुरुमा गित संगितमा लाग्नेहरुलाई राम्रो नजरले हेर्ने चलन थिएन् । तर अहिले यहि क्षेत्रमा नाम र दाम दुवै भएकाले युवा वर्गमा आकर्षण बढेको छ । जनहुँको थर्पुमा आमा राधा लम्साल र स्वर्गिय बुवा लिलामणि लम्सालको कान्छि छोरी सरकारी जागिरे भएर देशको सेवा गर्न चाहन्थिन् । त्यसैले उनी नेपाल प्रहरीमा जागिर खान पुगिन् । तर उनी सानै देखि गित संगितको क्षेत्रमा रुचि जागेको भएर उनले त्यो सरकारी जागिर समेत छोडेर गित संगित क्षेत्रमा लागिन् । पहिला जागिर छोडेर गित संगित क्षेत्रमा लाग्दा गाली गरेका उनका आफन्तहरु पनि अहिले निकै खेसी भएका छन् ।

उनले कार्यक्रममा अन्तरवार्ता दिंदाको क्रममा आफुले गाएका केही गितहरु पनि सुनाइन् । एउटा रोइलो गितमा भएको शब्दलाई कार्यक्रम संचालकलाई जिस्क्याउँदै भनिन् यो गित तपाईकै लागि लेखेको जस्तो छ । चुच्चो चुच्चो नाक बाँकी भिडियोमा हेर्नुस्

प्रतिक्रिया दिनुहोस्