Light Nepal

ज्ञानोदय पुस्तकालयको कथित साधारण सभा र यथार्थ

खिल प्रसाद भुषाल

बाँकेको कोहलपुर स्थित ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा दुई पटक साधारण सभा सम्पन्न भयो । कोहलपुरको एउटा सम्पत्ती मानिएको पुस्तकालयमा चरम राजनीति घुसेपछि यस्तो अवस्था सिर्जना भयो । पुस्तकालय जस्तो पवित्र स्थललाई राजनीति गर्ने थलोका रुपमा विकास गर्ने प्रयास भयो । जसका कारण पटक- पटक साधारण सभा गर्नुपर्ने अवस्था आयो ।

ज्ञानको भण्डार बनाउने उद्देश्यले कोहलपुरका पत्रकार, साहित्यकार, बुद्धिजिवि र समाजका अगुवाहरु मिलेर पुस्तकालय स्थापना गरिएको थियो । तर विभिन्न आवरणमा रहेका राजनीतिक दलका कार्यकर्ताले यसलाई आफ्नो राजनीतिक आस्थाका ब्यक्तिलाई भर्तिकेन्द्रका रुपमा विकसित गर्न पुगे । गत साउन सम्पन्न भएको भनिएको साधारण सभा त्यसैको एउटा भाग हो ।

राजनीतिक आस्थाका आधारमा नजिक रहेका ब्यक्तिलाई चोरवाटोवाट सदस्यता वितरण गरेर साधारण सभा सम्पन्न गरियो । अबैधानिक रुपमा साधारण सदस्यता वितरण गरेपछि पक्कैपनि एउटा राजनीतिक आस्थाका ब्यक्तिको संख्या धेरै हुने भयो । त्यसलाई बैधानिकता दिन साधारण सभा बोलाइयो । फरक राजनीतिक आस्था राख्नेलाई सकेसम्म साधारण सभामा पनि उपस्थित हुन नसक्ने बातावरण सिर्जना गरियो ।  गत साउन १९ गते सम्पन्न भएको भनिएको साधारण सभा यस कारण कानुन सम्मत छैन । जसलाई मैले बुँदागत रुपमा प्रस्तुत गरेको छु ।

ज्ञानोदय पुस्तकालय कोहलपुरको साउन १९ गते सम्पन्न भनिएको तथाकथित साधारण सभा र यथार्थता

१)  २०७५ साउन एक गते भन्दा पहिला भएका सबै बैठकमा सदस्य  दिदा आजिवन सदस्य मात्रै प्रदन गरिएको।

२)  विधान अनुरुप साधरण सदस्यता प्रदान गर्ने विषयमा छलफल गर्दा साथरण सदस्य दिदा भद्रगोलर अस्तब्यास्त हुन्छ संस्था चलाउन गर्हो हुन्छ त्यसैकारण आजिवन सदस्य मात्रै दिउ भनि सहमति गरेको।

३)  २०७५ साउन १ गते बसेको कार्यसमितिको बैठकले आजिवन सदस्य मात्रै दिने निर्णय गरे संगै २०७५ साउन १९ गते संस्थाको साधरण सभा गर्ने निर्णय गरेको । यसले संघ संस्था सम्बन्धी ऐन २०३४ लाई ठाडो उल्लङ्घन गर्दै साधरण सभाको मिती निर्णय पश्चात् सदस्य वितरण गर्नु प्रचलित ऐन कानून अनुरुप नभएकाले यो साधरण सभा अबैधानिक छ ।

४)  हामी आजिवन सदस्यलाई २०७५र४र१९ गते साधरण सभामा उपस्थितिको लागि उर्दि सहित पत्रचार गरिन्छ । अनि २०७५र४र८ गते साधरण सदस्य दिने निर्णय गरिन्छ ।के यो विधान बमोजिम छ रु

५)  साधारण सदस्य नदिने भनि गरिएको २०७५र४र१ गतेको निर्णय विपरित किन १३५ जनालाई साधरण सदस्यता चोर बाटोबाट दईयो रु यस्तै गम्भीर वैधानिक ब्याबस्थाको उल्लङ्घन भएको छ यो अधिकार त्यस कार्यसमितिले कहाबाट पायो रु

६ ) साधरण सभा विधान विपरित गणपुरक संख्या नै नपुर्याई किर्ते हस्तक्षर गरि संस्थाको गरिमा प्रति नै आंच पुर्याई लोकलाज नै नमानी निर्वाचन भएको भनि नाटक मंचन गरियो ।

७)  यि र यस्तै अनगिन्ती काला कर्तुत लुकाउन यसै संस्थाका अजिवन सदस्य प्रदिव वाग्ले र पुजन बिश्वकर्माले सूचना माग गर्दा समेत एक महिना सम्म नदिदा अनासन बस्नु परेको सवैलाई थाह छ

८ ) यो कथित कार्यसमिति ले संविधान को खण्ड ३ को धारा २७ लाई उल्लङ्घन गर्दै सूचनाको हक नदिई अपराध समेत गरेको छ । तसर्थ ,यसप्रकारका अवैतनिक र गलत निर्णय बोक्न र कुनै दलको पार्टी कार्यालय बनाउन खोज्ने हठात र कुत्सित मनासाय युत्तm निर्णय मान्न हामी तयार छैनौ ।

प्रतिक्रिया दिनुहोस्