Light Nepal

बाबुराम भट्टराईले दिए छोरी मानुषीलाई नयाँ शक्तिको काठमाडौं जिल्ला संयोजकको जिम्मेवारी

काठमाडौं, ८ चैत्र । नयाँ शक्ति पार्टीले पार्टी संयोजक बाबुराम भट्टराई पुत्री मानुषी यमी भट्टराईलाई काठमाडौं जिल्ला संयोजकको जिम्मेवारी दिएको छ । बिहीबार चितवनमा आयोजित प्रदेश नम्बर ३ को बैठकले मानुषिलाई उक्त जिम्मेवारी दिएको हो ।

बैठकले मकवानपुर जिल्लाको संयोजकमा जीवनमान मोक्तानलाई जिम्मेवारी दिएको छ भने प्रदेशस्तरीय १७ वटा विभाग गठन गरेको छ । जसमध्ये संगठन विभागमा सोनाम सिंह स्याङतान, प्रशिक्षण विभागमा परिवर्तन भट्टराई, सूचना सञ्चार विभागमा सुदर्शन खतिवडा, संंसदीय मामिला विभागमा अकल बहादुर थिन, आंगिक तथा पेशागत संगठन फ्याक्सन इन्चार्जहरुको संयोजकमा बन्दना सुवेदीलाई विभागीय प्रमुखको जिम्मेवारी दिइएको प्रदेश ३ का इन्चार्ज गंगा नारायण श्रेष्ठले जानकारी दिए ।

बैठकमा प्रदेश नम्बर ३ का १३ वटा जिल्लाको कार्यप्रगति विवरण प्रस्तुत गरिएको थियो । बैठकले ९९ सदस्यीय प्रदेश अधिवेशन आयोजक समिति गठन समेत गरेको छ । जसमध्ये १५ सदस्यीय संरक्षक परिषद्, ९ सदस्यीय विज्ञ परिषद र ७५ सदस्यीय कार्यकारी परिषद्सहितको संरचना निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्