Light Nepal

चन्द्रमामा जग्गा किन्ने पहिलो नेपालीसंग गरिएको कुराकानी ! कसरी सम्भव भयो सब हेर्नुहोस

‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक…’ नेपाली समाजमा लोकप्रिय महाकवि लक्ष्मी प्रसाद देवकोटाद्वारा रचित कविताको यस हरफलाई काठमाडौं मखनका रमेशकुमार जोशीले सार्थक तुल्याउनुभएको छ ।

उहाँले सानैमा आफू पनि चन्द्रमामा पुग्न सकिन्छ कि भनेर देखेको सपना सार्थकताको द्वारमा पुगेको छ । अहिले उहाँ चन्द्रमाका ८० रोपनी बराबर जमिनको मालिक हुनुभएको छ भन्दा जोकसैलाई झ्वाट्टै पत्याउन गार्‍हो पर्न सक्छ, तर वास्तविकतामा अहिले चन्द्रमाको जमिन किन्ने होडबाजी नै चलिरहेको छ संसारमा । त्यसका एक सदस्य हुनुभएको छ नेपाली नागरिक जोशी, जो अहिले चन्द्रमाका समेत नागरिक हुनुभएको छ ।

संसारभरीका जिज्ञासुले झैं ५४ वर्षीय जोशीले पनि सानैमा संयुक्त राज्य अमेरिकाका निल आर्मस्ट्रङ्ग र तात्कालीन सोभियत संघका यूरी गागारिनले प्रारम्भिक पाइला टेकेको सुन्नुभएको थियो । उहाँ भन्नुहुन्छ, ‘त्यतिबेलै मभित्र हामी नेपाली पनि एकदिन त्यहाँ कसो पुग्न नसकिएला भनी कौतुहलता जागेको थियो ।’

प्रतिक्रिया दिनुहोस्