Light Nepal

अनावश्यक रुपमा भारतीय गाडि भित्रिदा व्यवसायी मारमा, कानुनमन्त्री भन्छन् ‘कानुन बनाउंछौं’

बुटवल, ६ चैत । पांचनम्बर प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले जनताका अधिकारहरु सुनिश्चित गर्नका लागि प्रदेश सरकार कानुन बनाउने प्रकृयामा रहेको बताएका छन् । उनले जनता निसार बन्दै गएको उल्लेख राजनीतिक उपलब्धीहरुको जर्गेना गर्नेगरी नयांनयां कानुनहरु बनाएर हरेक क्षेत्रका समस्यालाई सम्बोधन गरिने बताए । मंगलबार बुटवलमा सम्पन्न नेपाल हेवी इक्विपमेण्ट व्यवसायी महासंघको प्रदेश भेलामा बोल्दै सभामुख घर्तीले यस्तो बताएका हुन् । पांच नम्बर प्रदेशलाई देशकै नमुना प्रदेशको रुपमा विकास गरिने र त्यसका लागि यो प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउनु पर्ने बताए ।

देशलाई आत्मनिर्भर बनाउनका लागि पहिला कृषिमा आतमनिर्भर बन्नुपर्ने र त्यसका लागि सम्भव रहेको बताए । पहाडमा तरकारी र फलफूल तथा तराईमा खाद्यान्को उत्पादन नगरेसम्म मुलुकमा आर्थिक समवृद्धि हुन नसक्ने बताए । ५ नम्बर प्रदेशका १२ जिल्ला मध्ये ६ जिल्ला तराई र ६ जिल्ला पहाडमा रहेकाले यो प्रदेशलाई नमूना बनाउन तराईका जिल्लामा खाद्यान्न र पहाडका जिल्लामा तरकारी र फलफूलको खेतिलाई प्राथमिकता दिने गरी प्रदेशको कानुन बनाईने बताए । उनले विज्ञान प्रवृद्विले उत्पादन गरेर हेवी इक्विपमेण्टहरुलाई विकास निर्माणमा लगाउनु पर्ने बताए ।

नेपाल हेवी इक्विपमेण्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुंवरले अनावश्यक रुपमा भारतीय गाडिहरु भित्राईएकाले व्यवसायी मारमा परेको बताए । उनले विदेशी प्लेट नम्बरका हेवी इक्विपमेण्टका गाडिहरुको आयतमा रोक लगाउन माग गरेका छन् ।

कार्यक्रममा पत्रकार महासंघका रुपन्देहीका अध्यक्ष यानेन्द्र जीसी, महासंघका वरिष्ठ उपाध्यक्ष प्रेमलाल श्रेष्ठ, महासचिव उमकान्त शर्मा, सचिव महेश पौडेल, कोषाध्यक्ष शुरेस खत्री, व्यवसायी महेश पौडेल, पेरमलाल श्रेष्ठ, दीलबहादुर ओली, पदम खड्का, चक्रपाणी शर्मा लगायतले बोल्दै राज्यले लगानीको सुरक्षा पदन नसकेको गुनासो गरेका छन् । उनीहरुले लगानीको सुनिश्चितको वातावरण बनाई दिन राज्यसंग माग गरेका छन् । बसन्त भुसालको अध्यक्षता र अशोक खनालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्