Light Nepal

नेदरल्याण्डको पाँचौ विकेट गयो, राजवंशीले लिए विकेट

काठमाडौ, ३ चैत । आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भएको खेलमा नेपालले राम्रो खेल प्रदर्शन गरेको छ ।

क्रिकेट इतिहासमै पहिलो पटक एक दिवशीय मान्यता पाएको नेपालले ७ औं स्थानका लागि आज नेदरल्यान्ड्सको सामना गरिरहेको छ जिम्बावेमा भइरहेको प्रतियोगितामा अहिले नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ गरिरहेको छ ।

यसैक्रममा नेदरल्याण्डको पाँचौं विकेट पनि गएको छ । नेपालका लागि ललित राजवंशीले पाँचौं विकेट लिएका हुन । ललितले खेलको सताइसौं ओभरमा रेभेन डेर मार्बुलाई आउट गरेका हुन् ।

त्यस्तै टस हारेर फिल्डिङ गरेको नेपालका लागि सोमपाल कामीले ६ ओभर बलिङ गर्दै तीन विकेट लिएका छन् । यस्तै ६ ओभर बलिङ गरेका सोमपालले २ मेडन ओभर फाल्दै १० रनमात्र दिएका हुन् । त्यस्तै सन्दीपले १ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्