Light Nepal

विमान दुर्घटना : कति दिनमा पाउलान आफन्तले शव, शिक्षण अस्पताल यसो भन्छ (भिडियो सहित)

काठमाडौं, २९ फागुन । युएस बाङ्ला एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको शव अहिले शिक्षण अस्पताल काठमाडौंमा राखिएको छ । मृतकका आफन्तहरुको अस्पतालमा भिडभाड छ । तर अस्पताल प्रशासनले भने दुर्घटनामा मृत्यु हुने अधिकांशको शव पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाएको छ ।

अस्पताल प्रशासनले मंगलवार अस्पताल परिसरमै पत्रकार सम्मेलन गरेर यस्तो जनाएको हो । दुर्घटनाका मृतकहरुको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आजबाट पोस्टमार्टम तथा परीक्षण गर्न थालिएको समेत जनाएको छ ।

अस्पतालका फरेन्सिक विभागका प्रमुख डा प्रमोद श्रेष्ठले पत्रकार सम्मेलनमा काठमाडौं मेडिकल कलेज ९केएमसी० बाट ल्याइएका आठ शवबाहेक अन्य सबैको पहिचान गर्न गाह्रो रहेको बताएका छन् । निकै जलेको अवस्थामा रहेकाले शव पहिचान गर्न नसकिने अवस्था रहेको उनको भनाइ छ।
अस्पताल प्रशासनले सबैको शव पहिचान गर्न र आफन्तलाई बुझाउने प्रकृया पुरा गर्न कम्तिमा पांच दिन लाग्ने जनाएको छ ।

अस्पताल प्रशासनले सबैको शव पहिचान गर्न र आफन्तलाई बुझाउने प्रकृया पुरा गर्न कम्तिमा पांच दिन लाग्ने जनाएको छ । चिकित्सकले सोमवार सांझ देखि मंगलवार सांझ सम्म ११ वटा शवको पोष्टमार्टम गरीसकेको जनाएको छ ।


चिकित्सक श्रेष्ठले मृतकका परिवारका सदस्यहरुवाट मृतकको हुलिया र औंलाको छाप लिइरहेको जानकारी दिए । सबै मृतकको औलाको छाप प्राप्त हुन नसके दाँतवाट पहिचान गर्ने जनाएका छन् । कुनै पनि शवको पहिचान हुन सक्ने अवस्था छैन, चिकित्सक श्रेष्ठले भने, शरिर पुरै जलेको छ, कसैको हात पनि छैन ।

प्रतिक्रिया दिनुहोस्