Light Nepal

दुई तिहाई मतले प्रतिस्पर्धीलाई पछि पार्दै राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित

काठमाडौं, २९ फागुन । विद्यादेवी भण्डारी दोस्रो पटक राष्ट्रपति बनेकी छन् । मंगलवार भएको निर्वाचनवाट राष्ट्रपतिमा विद्यादेवी भण्डारी कार्यकालका लागि निर्वाचित भएकी छन् ।

राष्ट्रपति चयनका लागि मंगलबार विहान देखि निर्वाचन भएको थियो । भण्डारीले कांग्रेसकी कुमारी लक्ष्मी राईका विरुद्ध निर्वाचन जितेकी हुन् । कांग्रेसले राईलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो ।

राईका विरुद्ध भण्डारी दुई तिहाइ मतका साथ विजयी भएकी हुन् । भण्डारीले ३९ हजार २७५ मतभार पाइन् भने राईले ११७३० मतभार पाएकी छन् ।

निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्य मतदाता गरेका छन् ।

संघीय संसदका ५ र प्रदेशसभाका १४ सदस्यले पनि मतदान गरेनन्, जसमध्ये नयाँ शक्ति, नेमकिपा र विवेकशील साझा पार्टीले मतदान नगर्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्