Light Nepal

अखिल क्रान्तिकारीद्धारा मेडिकल कलेज खारेजीको माग

काठमाडौं, २९ फागुन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारीले चितवनको ओएसिस मेडिकल कलेज खारेज हुनु्पर्ने माग गरेको छ ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अखिल क्रान्तिकारीले विद्यार्थीहरुको जीवनमाथि खेलवाड गरेको भन्दै उक्त कलेजको सम्बन्धन तत्काल खारेज गर्न माग गरेको हो ।

क्रान्तिकारीका केन्द्रीय सदस्य बालकुमार केसीले ओएसिस कलेजमाथि तत्काल अनुगमन गरि आवश्यकता अनुसार कारबाही गर्न माग गरेका छन् ।

उनले भने,‘प्राविधिक तर्फको सबैभन्दा ठूलो र विश्वास गरिएको पूर्वाञ्चल विश्वविद्यालय, त्रिभूवन विश्वविद्यालय र सरकारले कम्तिमा १ सय जना विद्यार्थीहरुको जीवनमाथि खेलवाड गरेका छन्, हामी यस कार्यको विपक्षमा छौँ, तत्काल सरकारले अनुगमन गरेर खारेज नगरे हामी कडा आन्दोलन गछौँ, नर्सिङ र बिएनमा अध्ययन पुरा गरेका सय जना विद्यार्थीको भविष्य शुनिश्चित गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्