Light Nepal

विमानस्थल ट्राफिक कन्ट्रोलका कारण जहाज दूघर्टनाः यूएस बंगला एअरलाइन्स

काठमाडौं, २९ फागुन । सोमबार त्रिभुवन विमास्थलमा भएको जहाज दूर्घटनामा ट्राफिक कन्ट्रोलको गम्भीर लापरबाही भएको यूएस बंगला एयरलाइन्सले आरोप लगाएको छ ।
एयललाइन्सका प्रमुख कार्यकारी अधिकृत इमरान असिफले टावरमा बस्ने कर्मचारीले गलत सूचना दिएको दावी गरेको हुन् ।

‘हाम्रो जहाजमा कुनै खराबी थिएन,’ पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘टावरका कर्मचारीले पाइलटलाई कम्फ्युज पार्ने सूचना दिएकाले ठूलो क्षति भएको हो ।’ उनले विमान चालक अबिद सुल्तान नेपाल उडानमा लामो अनुभव बटुलेको समेत बताए ।

जहाजमा कुनै खराबी नहुनु तथा पाइलट पनि अनुभवी भएको हुँदा काठमाडौं टावरका एटीसीका अधिकारीले गलत सिग्नल दिएपछि चालक दलले धावनमार्गको कुन ठाउँबाट अवतरण गर्ने भन्ने नै थाहा नपाएर दुर्घटना भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्