Light Nepal

विमान दुर्घटनामा ११ जना विद्यार्थी गुमाएको मेडिकल कलेज शोकमा डुब्यो

ढाका । सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा आफ्ना ११ नेपाली बिद्यार्थी गुमाए पछि बंगलादेशको ढाकास्थित जलालावाद राजीव राबिया मेडिकल कलेज एण्ड हस्पिटल शोकमा डुबेको छ ।

दुर्घटना पछि भावविह्ल कलेजले मृतक आफ्ना बिद्यार्थीहरूको सम्मान र सम्झनामा ३ दिन शोकको घोषणा गरेको छ । कलेजले आजका सबै पठन पाठन र परिक्षा कार्यक्रम बन्द गरिएको बताएको छ ।

कलेजका प्रमुख प्रो।डा।अबेद हुसैनले घटनाप्रति गहिरो दुखः व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति धैर्यका अपिल गरेका छन् । प्रो।डा। हुसैनका अनुसार उक्त कलेजमा २५० जना नेपाली चिकित्सा बिद्यार्थी अध्ययनरत छन् । एमबीबीएस फाइनल गरेर सोमबार १३ बिद्यार्थी आफ्नो घर फर्कदैँ थिए जो कहाली लाग्दो दुर्घटनामा परे।

दुर्घटनामा उक्त कलेजका सञ्जय पौडेल, सञ्जया महर्जन, निगा महर्जन, एञ्जिला श्रेष्ठ, पूर्णिमा लोहनी, श्वेता थापा, नीली महर्जन, सरुना श्रेष्ठ, एल्जिना बराल, चारु बराल, समिरा व्यञ्जनकार, आस्मा शाक्य र पिंकी धामी परेका थिए। उनीहरू मध्ये समिरा व्यञ्जनकार र पिंकी धामी घाइते छन् भने अरू ११ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्