Light Nepal

बंगलादेश भन्छ विमान दुर्घटनाको कारण पाइलट होइन, यस्तो छ कारण

काठमाडौं, २९ फागुन । सोमबार काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा विमानस्थल एयर ट्राफिक कन्ट्रोलरुम ९एटिसी०को कमजोरी भएको बंगला एयरलाइन्सले जनाएको छ । एयरलाइन्सका प्रमुख इमरान असिफले बताए अनुसार चालक तथा विमानको कुनै खराबी नभएको बरु एटिसीले दिनपर्ने सही जानकारी नदिएको कारण उक्त दुर्घटना हुन पुगेको बताए ।

ढाका स्थित युएस बंगलाको कार्यालयमा मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन ।उनले ढाकाबाट सुरक्षीत उडान भरेको विमान र विमान चालकमा कुनै समस्या नभएको बरु काठमाडा स्थीत ट्राफिक कन्ट्रोलबाट नै गलत निर्देशनका दिएका कारण जहाज दुर्घटना हुन पुगेको दाबी गरेका छन् ।

यता त्रिभुवन विमानस्थलले भने बिमान दुर्घटनामा पाइलटको नै दोष रहेको र टावरको निर्देशन नमानेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्