Light Nepal

बलिउड फिल्मका महानायक अमिताभ बच्चन बिरामी

एजेन्सी । बलिउड फिल्म उद्योगका महानायक अमिताभ बच्चन सुटिङ गर्दागर्दै एकाएक बिरामी परेका छन्।

फिल्म सुटिङका लागि राजस्थानको जोधापुरमा रहेका अमिताभ एकाएक बिरामी परेपछि उनको उपचारका लागि डाक्टरहरुको टिम उनी रहेकै स्थानमा पुगेर उनको स्वास्थ्य जाच गरिरहेको जनाइएको छ।

खवरअनुसार अमिताभलाई पेटको समस्या देखिएको छ।

यतिबेला जोधापुरमा अमिताभ यश राज फिल्मस्को ‘ठग्स अफ हिस्दुस्तान’ फिल्मको सुटिङमा रहेका छन्।

यो फिल्ममा अमिताभ र अमीर खान पहिलोपटक एकसाथ देखिँदैछन्।

पेटको समस्या हल हुनसाथ आफू सुटिङमा लाग्ने अमिताभले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्