Light Nepal

१० तस्वीरमा हेर्नुस प्रम ओली, प्रचण्ड, देउबादेखि सांसदहरुसम्मको राष्ट्रपति निर्वाचनको मतदान

काठमाडौं, २९ फागुन । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदान जारी रहेको छ ।  निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मध्याह्न १२ः०० बजेसम्म प्रदेशसभाका कूल ५४९ प्रदेशसभा सदस्यमध्ये २३७ जनाले मतदान गर्नुभएको छ भने संघीय संसद्का कूल ३३१ सांसदमध्ये २०५ जनाले मतदान गरिसकेका छन् ।

हालसम्म करिव ५० प्रतिशत मतदान भएको आयोगले जनाएको छ । पहिलो मतदान संघीय संसद्का सदस्य जिपछिरिङ लामा र प्रदेशसभा सदस्य दामा शर्माले ठीक १० बजे गर्नुभएको थियो ।  संघीय संसद् भवन, नयाँ बानेश्वर परिसरको पूर्वतर्फको खाली स्थानमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरी मतदान गराइएको छ । मतदानका लागि बिहान ९ बजेदेखि नै मतदाता मतदान केन्द्रमा प्रवेश गर्नुभएको थियो । मतदानको समय अपराह्न ३ः०० बजेसम्मका लागि तोकिएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्