Light Nepal

यस्तो छ आज दिर्हाम, रियालदेखि रिंगिटसम्मको बिदेशी मुद्राको सटही दर

काठमाडौं, २९ फागुन । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६७ पैसा र विक्रिदर २७ रुपैयाँ ८३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५० पैसा र विक्रिदर २८ रुपैयाँ ६६ रुपैयाँ छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २५ पैसा र विक्रिदर २८ रुपैयाँ ४१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५८ पैसा र विक्रिदर २६ रुपैयाँ ७३ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७४ पैसा र विक्रिदर ९ रुपैयाँ ८० पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४५ रुपैयाँ ६५ पैसा छ भने विक्रिदर ३ सय ४७ रुपैयाँ ६५ पैसा रहेको छ ।

एक बहराइन दिनार एकको खरिददर २ सय ७५ रुपैयाँ २४ पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ ८३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्