Light Nepal

मेघा सिनेस्टार’लाई एक करोड उपहार

‘ओ मेगा इन्टरटेनमेन्ट’ ले ‘नेपाल्स मेघा सिनेस्टार’ नामक रियालिटी शो गर्ने भएको छ । शो विजेतालाई दश लाख पुरस्कार राशी राख्दै यो रियोली शोको घोषणा गरिएको हो ।


बैशाखदेखि सुट गरिने शोमा मुख्य निर्णायकको रुपमा निर्देशकद्वाय निश्चल बस्नेत, शोभित बस्नेत र मिस नेपाल (सन् २००२) माल्भिका सुब्बा रहेका छन् । ‘हामी शोलाई जति सक्दो रमाईलो गर्ने प्रयास गर्छौ’, सोमबार आयोजना गरिएको प्रेसमिटमा तीनै निर्णायकले भने, ‘हाम्रो उद्धेश्य भनेको राम्रो भन्दा राम्रोलाई छान्ने हुनेछ । शोको होस्ट सन्तोष लामाले गर्नेछन् ।’

‘नेपाल्स मेघा सिनेस्टार’ विजेताले एउटा फिल्ममा मुख्य भूमिकामा अभिनय गर्ने सुवर्ण अवसर पाउने कार्यक्रम निर्देशक प्रवेश सम्राट बरालले बताए । ‘विजेतालाई तोकिएको पुरस्कार राशी दिदैं एउटा फिल्ममा पनि मुख्य भूमिकामा खेल्ने अवसर दिन्छौं’, निर्देशक बरालले बताए । यसको अडिसन देशका मुख्य मुख्य शहरमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्