Light Nepal

विमान दुर्घटना पछिको कारुणिक अवस्था : भाव विह्वल हुँदै आमाले साधिन् ‘मेरी छोरी कहाँ छ ?’

काठमाडौं, २८ फागुन । बंगलादेशबाट काठमाडौं आउँदै गरेको विमान त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको खबर सुनेपछि उक्त विमानमा सवार रहेकाका नेपालीका आफन्त यतिबेला काठमाडौंका विभिन्न अस्पताल चहारिरहेका छन्।
विमानमा ३३ जना नेपाली सवार थिए । बंगलादेशमा मेडिकल शिक्षा पढ्न गएका बिद्यार्थी सवार विमान दुर्घटनामा परेको हो । उनीहरु मेडिकल पढेर घर फर्कदै थिए ।
विमान दुर्घटना भएको र घाइतेको उपचार काठमाडौं मेडिकल कलेजमा भइरहेको थाहा पाएपछि छोरी श्वेता थापालाई खोज्दै आमा उर्मिला थापा केएमसी अस्पताल पुगिन् । तर उनले त्यहाँ आफ्नी छोरीलाई नभेटेपछि भाव विह्वल हुँदै सबैलाई सोधिन् मेरो छोरी कहाँ छ ?

ुमेरी छोरी यही विमानमा आउँदै थिइन्। कुनै अस्पतालमा भेटिएन। मलाइ एक्लै छाडेर कता गइ होलिन्,ु सिनामंगलस्थित केएमसी अस्पतालमा भावविह्वाल हुँदै उनले यसो भनिरहँदा त्यहाँ वरपरको वातावरण स्तब्ध भएको थियो ।

उनीजस्तै डाक्टर बन्न गएका विद्यार्थी सन्तान खोज्दै धेरै आफन्त अस्पतालमा भेला भएका छन् । यता र उता भौंतारीदै आफन्तको खोजि गरिरहको दृष्य निकै मार्मीक देखिएको छ । उर्मीला जस्तै
चारु बराल, एलिजा बराल, सोरुना श्रेष्ठको अवस्था पनि उस्तै छ ।

प्रतिक्रिया दिनुहोस्