Light Nepal

बंगलादेशबाट काठमाडौं उड्न अघि ढाकाको एअरपोर्टबाट यस्तो स्टाटस लेखेर उडेका थिए यो ‘युगल जोडीहरु’

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त यूएस बंगला विमानमा यात्रारत ४९ जना यात्रुको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । प्रवक्ता मनोज न्यौपानेका अनुसार २२ घाइत यात्रुको भने काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बंगलादेशबाट काठमाडौंका लागि उडेको युएस बंगला विमान पहिलोपटक नेपाल आएको होइन, यो काठमाडौंका लागि नियमित उडान भर्दै आएको विमान हो । यसमा रहेका चालक दलका सदस्यहरु काठमाडौं विमानस्थलका बारेमा नयाँ नभएर पुरानै अनुभवी हुन् ।

सोहि विमानमा बंगलादेशबाट काठमाडौका लागि उड्ने क्रममा एउटा जोडीले फेसबुकमा लेखेको पछिल्लो पोस्ट अहिले सामाजिक संजालमा भाइरल हुँदै गरेको छ ।
ढाकाबाट उड्नुअघि सामाजिक संजालमा पोस्ट गरेका स्टाटस सार्वजनिक भएका छन् ।

बंगलादेशी नागरिक राजु रहमानले ती यात्रु सकुशल रहुन् भन्ने कामनासहित ट्वीटरमा ती स्क्रिनसटहरु शेयर गरेका छन् । उनले शेयर गरेका स्क्रिनसटमा उल्लेख भएअनुसार ती युगल जोडीहरु कोही हनिमुन त कोही आफ्ना प्रियजनका साथ घुम्न आउँदै थिए । हेर्नुहोस् स्क्रिनसटहरु

प्रतिक्रिया दिनुहोस्