Light Nepal

आकाशमा उडिरहेको बिमान हेर्दा हेर्दै यसरी जल्यो ! विमान दुर्घटना कसरी भयो ? (भिडियो रिपोर्ट सहित)

युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ । बंगलादेशको ढाकाबाट आएको विमानमा अवतरणको क्रममा आगो लागेको हो । आगो निभाइएको र यात्रुहरुकाे उद्धार भैरहेकाे विमानस्थल कार्यालयले जनाएको छ ।

विमान उछिट्टिएर विमानस्थल पूर्वको फुटबल मैदानमा पुगेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । थप विवरण आउन बाँकी छ । विमान कति यात्रु थिए र कहाँका थिए भन्ने जानकारी अहिलेसम्म प्राप्त भएकाे छैन । उद्धारमा खटेका सुरक्षाकर्मीका अनुसार केही घाइतेलाई उपचारका लागि अस्पताल लगिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्