Light Nepal

जहाज पुरै जल्यो, १४ यात्रुको उद्दार : उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विमानस्थलका कर्मचारी तथा वारुण यन्त्रसहितको ठुलो टोली परिचालित

काठमाडौं –  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा यूएस बङ्लाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त यूएस बाङ्ला एयरवेजको जहाजमा ६७ यात्रु र चालक दल ४ गरी ७१ जना सवार रहेको खुलेको छ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार बंगलादेशको ढाकाबाट आएको उडान नम्बर युबिजी–२११ भएको उक्त जहाजमा ६७ यात्रु र चालक दलका ४ सदस्य सवार थिए।

१४ जना घाइतेलाई उद्दार गरी एम्बुलेन्समार्फत सिभिल अस्पताल र केमएसी अस्पताल पुर्याइएको उनले बताए। अझै थप घाइतेको उद्दार कार्य जारी रहेको उनको भनाई छ।

बम्बाडियर–ड्यास क्यु ४०० सिरिजको जहाज २ बजेर २० मिनेटमा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो। जहाज धावनमार्गबाट चिप्लिएर पूर्वपट्टि दुर्घटनामा परेको हो। ठूलो आवाजसहित जहाज दुर्घटनामा परेको पेप्सीकोलाका स्थानीयले बताएका छन्।

दमकलको सहायताले जहाजको आगो नियन्त्रण गर्ने प्रयास भइरहेको छ।

विमानभित्र करिब ७१ जना यात्रु भएको भनिए पनि एकिन थाहा नभएको प्रहरीले जनाएको छ। बाँकी यात्रुको अवस्था थाहा नभएको प्रहरीको भनाइ छ।
अहिले घटनास्थलमा उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विमानस्थलका कर्मचारी तथा वारुण यन्त्रसहितको ठुलो टोली परिचालित भएको छ ।

विमानमा लागेको आगो करिब नियन्त्रण भइसके पनि विमान जोगाउन सकिएन । बं‌गलादेशको अनलाइन डेली स्टारका अनुसार कलसाइन एस २ एजीयु भएको विमान दुर्घटनामा परेको हो ।
। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्