Light Nepal

यस्तो छ दुर्घटनाग्रत बिमानको अवस्था

काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा सोमवार दिउसो दुर्घटनामा परेको विमानमा ७१ जना यात्रु रहेको थाहा भएको छ । जसमा चालक दलका सदस्य समेत जोडिएको छ ।

बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा सन्तुलन गुमाएर दुर्घटना भएको हो ।

विमानमा रहेका मध्ये अहिले सम्म १४ जनाको उद्धार गरिएको छ । विमानमा लागेको आगो नियन्त्रणमा दिने प्रयास जारी छ । तर आगो भने पुर्ण रुपमा नियन्त्रणमा आइसकेको छैन ।

विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए ।

प्रतिक्रिया दिनुहोस्