Light Nepal

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना, दुर्घटनामा परेपछि भीषण आगलागी ! यात्रुसहितको विमान दुर्घटनामा परेकाले हताहती हुन सक्ने अनुमान

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । अवतरणका क्रममा विमान दुर्घटना भएको हो ।

सोमबार दिउँसो सवा २ बजेको समयमा बंगलादेशको राजधानी ढाकाबाट आएको युएस ब‌ंगला एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि भीषण आगो लागेको छ । आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन ।

प्रत्यक्षदर्शीका अनुसार विमान आकाशबाट एकै पटक तल ओर्लियो, ल्याण्ड नभइ साँखुतिर हान्नियो। जहाज फेरी फर्केर घरतिरै ठोक्किएल झै गरी आयो। ९० डिग्रीमा मोडेर चावहिलतिरबाट ल्याण्ड भएको एकै छिन्मा धुवा आयो।

तर जहाज दुर्घटनामा परेर आगलागी भएपछि अग्निनियन्त्रकको ठुलो टोली विमानस्थलको धावनमार्गमा आगो निभाउन परिचालित भएको छ । यात्रुसहितको विमान दुर्घटनामा परेकाले हताहती हुन सक्ने अनुमान गरिएपनि त्यसको एकीन पुष्टि हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्