Light Nepal

क्रिकेट अपडेट: सन्दीप लामिछानेको बलमा अंशुमन आउट

काठमाडौं, २८ फागुन । नेपाललाई तेस्रो सफलता । अंशुमन रथ १ रन बनाई सन्दीप लामिछानेको बलमा आउट भएका छन् ।

सोमपाल कामीले नेपाललार्इ दोस्रो सफलता दिलाएका थिए। उनले हङकङका कप्तान बाबर हायातलार्इ कट एण्ड बोल्ड पारेका छन्।

बाबर २० रनमा आउट भए। त्यसअघि बसन्त रेग्मीले नेपाललार्इ पहिलो विकेट दिलाएका छन्। उनले ९ रनमा खेलिरहेका क्रिस्टोफर कार्टरलार्इ बोल्ड पारेका छन्।

नयाँ ब्याट्सम्यानका रुपमा अ‌ंशुमन राथ क्रिजमा आएका छन्। खेलमा हङकङले टस जितेर ब्याटिङ रोज्ने निर्णय गरेको थियो।

लगातार सुरुवाती तीन खेल हारेको नेपालको दोस्रो चरण९सुपरसिक्स०मा पुग्ने सम्भावना हङकङलार्इ फराकिलो अन्तरले पराजित गर्दै अफगानिस्तानलार्इ रनरेटले पछि पारेमात्रै रहन्छ। यता, हङकङलार्इ दोस्रो चरणमा प्रवेश गर्न भने नेपाललार्इ पराजित गरेमात्रै पुग्छ।

प्रतिक्रिया दिनुहोस्