Light Nepal

नेपालविरुद्ध हङकङले टस जितेर ब्याटिङ रोज्यो

काठमाडौं, २८ फागुन । विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङले नेपालविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ। नेपाली टोलीमा कुनै परिवर्तन गरिएको छैन्।

शरद भेषावकर आज पनि नखेल्ने भएका छन्। ह्यामस्ट्रङको समस्याका कारणले शरदले अफगानिस्तानविरुद्धको खेलपनि खेलेका थिएनन्।

लगातार सुरुवाती तीन खेल हारेको नेपालको दोस्रो चरण९सुपरसिक्स०मा पुग्ने सम्भावना हङकङलार्इ फराकिलो अन्तरले पराजित गर्दै अफगानिस्तानलार्इ रनरेटले पछि पारेमात्रै रहन्छ। यता, हङकङलार्इ दोस्रो चरणमा प्रवेश गर्न भने नेपाललार्इ पराजित गरेमात्रै पुग्छ।

प्रतिक्रिया दिनुहोस्