Light Nepal

बाँके बर्दिया मैत्री समाज जापान को दोस्रो अधिवेशन टोकियो मा सम्पन्न

काठमाडौं, २८ फागुन । बाँके बर्दिया मैत्री समाज जापानले आफ्नो दोस्रो अधिबेशन टोकियोमा सम्पन्न गरेको छ । २०१६ मा जापानको टोकियोमा स्थापित बाँके बर्दिया मैत्री समाजले अप्रिल १० तारिखमा सम्मन्न गरेको हो टोकियो को सिनओओकोबु को सोलमारि हलमा सम्पन्न भएको अधिवेशनले सुसिल मल्लको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा अर्जुन थापा, बिनोद वली, दीप्ति राजभण्डारी चयन भएका छन् ।

महासचिवमा ओम पौडेल, सचिवमा, आशिस नगरकोटी र रोम पौडेल चयन भएको संगठनले जनाएको छ । संगठनको कोषाध्यक्षमा तेजु बि.सि. तथा सह(कोषाध्यक्षमा मिन के. सि चयन भएका छन् । अधिवेशनले सुदर्शन गुरु़ग, बालकृष्ण पौडेल, बिष्णु लम्साल, भिमराज मल्ल, दिनेश थापा मगर, उत्तम खनाल, सन्तोस पाण्डे, प्रेम बहादुर कठायत, र दिपक श्रेष्ठलाई सदस्यमा चयन गरेको छ ।

अधिवेबन पछि बसेको पहिलो कार्यसमितिको बैठकले सस्थाको संरक्षकमा निबर्तमान अध्यक्ष जनक बिक्रम शाहीलाई चयन गरेको जनाएको छ । त्यस्तै सल्लाहकारहरुमा डा. बिजय ज्ञवाली ओम प्रसाद देवकोटा र निराजन खड्कालाई सर्बसम्मतिले चयन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्