Light Nepal

डाक्टरले सिरानी बनाएर राखे बिरामीकै काटिएको खुट्टा(तस्वीरसहित)

काठमाडौं, २७ फागन । एजेन्सी–भारतको झाँसीमा भएको स्कुल बस दुर्घटनापछि मेडिकल कलेज पुर्याइएका घाइते क्लिनरको खुट्टा काटेर डाक्टरले सिरानी बनाइदिएका छन् ।


यसको भिडियो भाइरल भएपछि अस्पताल प्रशासनले यो घटनालाई गम्भीर रूपमा लिएको छ ।

घटनामा संलग्न डाक्टर र नर्सहरूलाई निलम्बन गरिएको छ । यो मामलाको सत्यतथ्य बुझ्नका लागि एक जाँच कमिटी बनाइएको छ ।

शनिबार इटायलबाट मउरानीपुर गइरहेको स्कुल बस बम्होरीमा अगाडिबाट आइरहेको ट्याक्टरसँग जुध्नबाट बचाउन खोज्दा पल्टिएको थियो ।

बस पल्टिएपछि यसमा रहेको बालकहरूको रुवाबासी सुनिएको थियो ।

यो सुनेका यात्रुहरूले पुलिसलाई खबर गरिदिएका थिए । दुर्घटनामा ११ मा पढ्ने दुई छात्रा र बस क्लिनर गम्भीर रूपमा घाइते भएका थिए ।

तीनै जनालाई नजिकको सीएचसीमा भर्ती गरिएको थियो । त्यहाँका डाक्टरहरूले क्लिनरको अवस्था गम्भीर भएको भन्दै उनलाई झाँसीको लक्ष्मीवाई हस्पिटलमो रेफर गरिदिएका थिए ।

त्यहाँ डाक्टरले बिरामीको चोटग्रस्त खुट्टा काटिदिए र काटिएको खुट्टलाई बिरामीको सिरानीमा राखिदिए ।

यो देखेका नजिकका अन्य बिरामी र तिनको कुरुवाले यसलाई खिचेर सामाजिक सञ्जालमा हालिदिएपछि भाइरल भएको थियो ।

घटनाको तीव्र आलोचना भएपछि कलेज प्रशासनले गम्भीर रूपमा प्रस्तुत भएको हो ।

यस घटनामा प्रादेशिक मन्त्रीले पनि चासो देखाएका थिए ।

प्रदेशका चिकित्सा शिक्षा मन्त्री आशुतोष टण्डनले कलेज प्रशासनलाई दोषीलाई कारबाही गर्न निर्देशन दिएका थिए ।

निर्देशनपछि प्रसाशनले संलग्न डाक्टरहरूमाथि गम्भीर कारबाही थालेको छ ।

हाल मेडिकल कलेजका दुई वरिष्ठ डाक्टर आलोक अग्रवाल र महेन्द्र पाल सिंह निलम्बित भएका छन् ।

साथमा दुई स्टाफ नर्सहरू दीपा नारङग र शशी श्रीवास्तवलाई पनि निलम्बित गरिएको छ ।

मेडिकल कलेजका परामर्सदाता डा. प्रवीण सरावगीलाई चार्जसिट दिएर विभागीय कारवाही सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्