Light Nepal

गृहनगरमा कल्पनाको ‘सञ्जीवनी’ लोकार्पण

काठमाण्डौ, २६ फागुन । स्याङ्जाकी नारी हस्ताक्षर कल्पना श्रेष्ठ कल्पपुञ्जको उपन्यास ‘सञ्जीवनी’ को गृह नगरमा बिमोचन भएको छ । श्री लझ्मी पुस्तकालय स्याङ्जा बजारमा ‘सञ्जिवनी’ को विमोचन भएको छ ।

स्याङ्जा साहित्य प्रतिष्ठानको आयोजना तथा स्याङ्जा एफ एमको समन्वयमा आफ्नी जिल्लाकी चेली साहित्यकारको पुस्तक बिमोचन गरीएको हो । स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष विश्व प्रेम अधिकारी,स्याङ्जा समन्वय समितिका प्रमुख सीता सुन्दास,साहित्यकार देवि प्र बनवासी एवं कृतिकारका माता पिता मान कुमारी श्रेष्ठ एवं इन्द्रबहादुर श्रेष्ठबाट संयुक्त रुपमा पुस्तकको लोकार्पण गरिएको हो । स्याङ्जाकी चेली कल्पनाको पुस्तक विमोचनमा सो क्षेत्रका सामाजिक हस्ती र साहित्य अनुरागीहरुको बाक्लो उपस्थिति थियो ।

उक्त कार्यक्रम स्याङ्जा पुतलीबजार नगरपालिकाका मेयर सीमा क्षेत्री प्रमुख अतिथि रहेको सो कार्यक्रम स्याङ्जा साहित्य प्रतिष्ठानको युवा साहित्यकार मिलन समिरले संचालन गरेका थिए । कार्यक्रम वक्ता पूर्व पि एन क्याम्पसका प्रा डा याम पौडेल क्षेत्री र प्राध्यापक समालोचक प्रमोद पंगेनि द्वारा उपन्यास सञ्जीवनी ओझेलमा परेको अंपाङ्गता विषयमा लामो अन्तरालमा आएको यो कृतिले नेपाली साहित्य जगतमा उल्लेखनीय छाप छोड्ने समालोचकिय दृष्टिकोण राखेका थिए ।

मुख्यतः आवाज विहिन पात्रको मनोवैज्ञानिक भोगाई, यौनिक हिसां एवं अंपाङ्गतामा पनि सपाङ्गसरह सामाजिक कार्य गर्दै सन्तुलन जीवन व्यवस्थापन बारे चित्रण गरिएको उपन्यास ‘सञ्जीवनी’ले अहिलेको साहित्यक बजारलाई राम्रो खुराक दिएको समिक्षागत टिप्पणी रहेको छ ।

सो कार्यक्रममा साहित्यकार चिन्तु गिरि, सुर्य प्रसाद डुम्रे, पराजित रेशम, शम्भु अर्याल, रबिन के सि, लक्ष्मी काफ्ले, बिक्रम परियार, सपना कोइराला लगायत रचना वाचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्