Light Nepal

नुवाकोटमा साढे तीन लाख रुपैयाँ पर्ने बोको, अवलोकन गर्न पूर्व अर्थमन्त्री डा.रामशरण महत पुगे

नुवाकोट– नुवाकोटको विदुरमा आयोजित पाचौँ नुवाकोट महोत्सवमा साढे तीन लाख रुपैयाँ पर्ने बोको राखिएको छ । महोत्सवको प्रदर्शनीमा राखिएको बोयर जातको उक्त बोका अवलोकन गर्न पूर्व अर्थमन्त्री डा.रामशरण महत पनि पुगेका छन् ।

यो बोका बेलकोटका किसान अमृत तिवारीले दुई वर्षअघि रु तीन लाख ५० हजारमा दक्षिण अफ्रिकाबाट खरिद गरी ल्याएका हुन् ।

नुवाकोटको विदुरमा आयोजित पाचौँ नुवाकोट महोत्सवमा प्रदर्शनीमा राखिएको बोयर जातको बोका अवलोकन गर्दै पूर्व अर्थमन्त्री डा.रामशरण महत । उक्त बोका बेलकोटका किसान अमृत तिवारीले दुई वर्षअघि रु तीन लाख ५० हजारमा दक्षिण अफ्रिकाबाट खरिद गरी ल्याउनुभएको हो । तस्वीर ः रामहरि न्यौपाने, नुवाकोट, रासस

प्रतिक्रिया दिनुहोस्