Light Nepal

धुर्मुस-सुन्तली र रविलाई एक क्रिकेट प्रेमीको खुल्ला पत्र !

बिष्णु धिताल /आदरणीय दाई सिताराम कट्टेल र भाउजु कुञ्जना साथै धुर्मुस्सुन्तली फाउन्डेसन तथा दाजु रबि लामिछाने र सिधाकुरा न्युज २४ नेपाल परिवारमा नमस्कार|
सर्वप्रथम त तपाइँहरु जस्तो सपुतलाई जन्म दिने बुबा आमा प्रति शिर झुकाएर नमन गर्दछु |साथै तपाईहरु लगायत तपाईको सम्पूर्ण परिवारको सुस्वास्थ दिर्गायुको कामना गर्दै तपाइहरुका पाइलै पिच्छे सफलताको शुभकामना व्यत्त गर्दछु|

आज म परदेशी भुमि बाट तपाई हरुलाई यो संयुत्त पत्र लेखि रहँदा कतै आफुलाई भाग्य मानि त कतै अभागी महसुस गरिरहेको छु | भाग्यमानी यो अर्थमा कि तपाइँहरुजस्तो खुल्ला मन बनाएर समाज सेवामा आफ्नु आफ्नु क्षेत्रबाट योग्दान दिने र दिन प्रेरित गर्ने नेपाल आमाका सपुत हरुलाई आफ्ना मनमा लागेका कुरा राख्ने हिम्मत राखेको छु |
अभागी यस अर्थमा कि तपाइँ हरुको यो महान कार्यमा चाहेर पनि साथ सहयोग दिन सकेको छैन परदेशी माटोमा पसिना बगाइरहेको एक श्रमिक चाहेर पनि तपाई हरुको त्यो महान कार्यमा उपस्थिति हुन् सकेन त्यसको लागि क्षमा पनि चाहन्छु | (धुर्मुश सुन्तली फाउन्डेसन) ले ४ ओटा नमुना बस्ति निर्माण गरिसक्यो अब चाडै नमुना नेपाल बन्नेछ,सिधाकुरा परिवारले हजारौँ दुखिहरुको सेवा गरि सक्यो,ठग हरुको ठेगाना लगाई सक्यो,हजारौँ को ज्यान बचाइसक्यो र एउटा नमुना बस्ति पनि बनाइरहेको छ |
यस्कालागि तपाईहरुलाई जतिनै प्रसंसा गरेपनि कमि नै हुनेछ | आज तपाई हरु सँग एउटा फरक बिसयमा चासो राखिदिन आग्रह गर्ने हिम्मत कसेर यो लेखिरहेको छु | हुनत यी कुरा सरकारले हेर्ने हुन् यसका लागि रबिदाई बाट दवाव सृजना पनि गर्न सकिएला तर पछिल्लो समय सरकार भन्दा पनि तपाईहरु माध्यम बनिदिनु भएका काम छिटो र प्रभावकारी भएको सर्वाबिधित भएको परिप्रेक्षमा यो कुरा पनि तपाइँहरु माध्यम बनिदिन आग्रह गर्दछु |
पछिल्लो समय बिभिन्न राजनैतिक नकापले समाजमा जातीय,क्षेत्रिय,भौगोलीक नाराले समाज नकारात्मक कुरा हरुबाट ग्रसित भएको खण्डमा तपाईहरुका परोपकारी समाज्सेवाले एउटा पुल बनेर सबैलाई एक सुत्रमा बाध्न्ने गर्दै आएको छ | र त्यो भन्दा महत्वपूर्ण कुरा देशलाई एक सुत्रमा बाध्नको निमित्त नेपालको खेल जगतको भूमिका अथाह रहेको कुरामा दुइ मत नहोला | पछिल्लो समय नेपाली खेल जगत वाट नेपाललाई विश्वमा चिनाउन लागेका नेपाली क्रिकेट टोलीलाई सम्झदै तपाईहरुलाई एउटा आग्रह गर्न चाहन्छु | कृपया झर्को नमानी दिन आग्रह गर्दछु |
नेपाली क्रिकेटले गरेका प्रगतिमा हामि क्रिकेट प्रेमीहरु रमाई रहदाँ सधैँ एउटा कुराले खिन्नता र दुखि बनाउँछ त्यो हो नेपालमा एउटा पनि क्रिकेट खेल मैदान नहुनु| सबै खेल त्यहि एउटा रंगशालामा खेल्न बाद्य छन् नेपालि खेलाडी | अन्तराष्ट्रिय खेल खेलेर उपाधि मात्र हात पार्दैनन् नेपाली खेलाडी हरु देशको शिर उच्च राखेर विश्व सामु नेपाल चिनाएर नेपाल फर्कन्छन | त्यति मात्र हैन हामि सपूर्ण नेपालीको मन पनि जोडेर फर्कन्छन | त्यो बेला हामीसँग न छुट्टै जात हुन्छ न बर्ग न धर्म हुन्छ न छुट्टै भूगोल हुन्छ त केवल नेपाली पन नेपालको मायाँ यसरि हामीलाई जोडेर खेलाडी फर्कन्छन|तर तिनै खेलाडीलाई खेल्नका निमित्त अन्तराष्ट्रिय स्तरको क्रिकेट खेल मैदान छैन नेपालमा |
यो नेपाल र नेपालीका लागि अत्यन्तै दुखद् बिषय हो |
एउटा बिनम्र अनुरोध गर्न चाहन्छु तपाई हरुसँग तपाई हरुको माद्यम पायौं भने नेपालमा एउटा क्रिकेट मैदान हामि जनता मिलेर आफैँ बनाउन सक्छौ जस्तो लाग्छ| मात्र तपाई हरुको आव्हान पर्खेका छन् म जस्ता करोडौँ नेपाली क्रिकेट खेल समर्थकले|
जसरि सिधाकुरामा एउटा ठग पत्ता लगाउन एक हुन्छन नेपालि,धुर्मुस्सुन्तली फाउन्डेसन् को आव्हानमा बस्ति ठड्याउँन आतुर हुन्छन नेपाली हरु त्यसरीनै तपाई हरुको क्रिकेट मैदान बनाउने आव्हान सुन्न आतुर छौँ हामि नेपाली |
त्यसैले यो महान कार्य तपाई हरुको अगुवाइमा होस् भन्ने आशा राखेर यो पत्र लेखेको छु |
हुन् सक्छ यहा धेरै शब्द्ध गलत भए होलान,संवोधन गलत भए होलान् तर आशय एउटै हो कि तपाई हरु रबि लामिछाने (शिधाकुरा परिवार) सिताराम कट्टेल कुञ्जना घिमिरे र (धुर्मुश्सुन्तलि फाउन्डेसन् परिवार) ले नेपालमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने घोसणा होस् | तपाईहरुको साथ र सहयोग दिने हामि करोडौँ नेपाली तपाईहरुको साथमा हुनेछौँ |
सरकारको ध्यान जाला र क्रिकेट मैदान बन्ला भन्ने आशा लगभग मरेको अवस्थामा छौँ|किनकी यहाँ हरेक योजनामा राजनैतिक भागबण्डा, र बिचौलिया हरुले आफ्नु बसमा पार्न योजनालाई लम्याउने गरेका घटना बिदितै छ |
त्यसैले मेरो अन्तर मनको कुना बाट हामि सम्पूर्ण खेल प्रेमी हरुको आवाजलाई तपाई हरु समक्ष राखेको छु | यसलाई तपाई हरुले सकारात्मक हिसाबमा लिनु हुनेछ भन्ने कुरामा विश्वस्त छु |

बिष्णु धिताल
झापा
हाल मलेसिया

प्रतिक्रिया दिनुहोस्